काठमाडौं । सरकारबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि कुलमान घिसिङले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
घिसिङले बुधबार सर्वोच्चमा पेस गरेको रिट आज बिहीबार दर्ता भएको हो । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले उक्त रिटको पेसी भोलि शुक्रबारलाई तोकिएको जानकारी दिए ।
रिटमा घिसिङले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जामन्त्री दीपक खड्का, नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।
उनले रिटमा आफूलाई हटाउने निर्णय बद्नियतपूर्ण र गैरकानुनी दाबी गरेका छन् । सरकारको उक्त निर्णय कार्यान्वयनमा तत्काल रोक लगाइ आफूलाई काम गर्न दिन अन्तरिम आदेशको पनि उनले माग गरेका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेर शाक्यलाई नियुक्त गरेको थियो । कुलमानको यो दोस्रो काल हो । चार वर्षको कार्यकालमा चार महिना समय बाँकी नै रहेको थियो ।
प्रतिक्रिया