काठमाडौं । म्युजिक भिडियो निर्देशक केशवराज भट्टको निर्देशन रहेको ‘यो दुनियाँ त बेग्लै भएनि’ बोलको गीतको भिडियो एक मिलियन भ्युज पुग्न सफल भएको छ । कामलाई कामकै रुपमा आफूले लिने बताउँदै उनले यो भिडियोले सफलता दिलाएको बताए ।
अनिश दवाडीको शब्द, संगीत, गायक खेम सेन्चुरी र गायिका देवी घर्तीको आवाज रहेको यस गीतको भिडियोमा कपिल भट्ट, सोफी धरेल, जुना कार्कीको जिवन्त अभिनय रहेको छ । त्यसैगरी सुनिता सुवेदी निर्माता, दिनेश पराजुली छायांकार, मनोज कार्की सम्पादन र केशबराज भट्टको कथा एवं निर्देशन रहेको छ ।
प्रतिक्रिया