काठमाडौं । बसन्तपुर डबलीमा रहेको नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काउन काम भइरहेको छ । २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गारो चर्किएर ढल्किएकाले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको सो भवन भत्काइएको हो ।
२०७९ फागुन ११ मा बसेको महानगरपालिकाको १३औँ कार्यपालिका बैठकले उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा समिति बनाएर सो जीर्ण भवन भत्काउँन सिफारिस गरेको थियो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम सो भवन संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो । जीर्ण बन्दै गएको सो भवन भत्किएर सम्भावित क्षेती हुन सक्ने भन्दै भत्काउन थालिएको हो ।
प्रतिक्रिया