काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु १ हजार र चाँदी तोलामा रु ३५ ले घटेको हो ।
बिहीबार प्रतितोला १ लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु १ लाख ७५ हजारमा खरिद–बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदी प्रतितोला रु १ हजार ९ सय ९५ मा खरिद–बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया