काठमाडौँ । आइजिआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा अध्यक्ष हेमराज ढकालले जीवनमा आइपर्ने विपद् र जोखिम अनपेक्षित र अनिश्चित हुने भएकाले बिमा महत्वपूर्ण भएको बताए । ढकालले आइजिआई प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनीले ३ दशमलव ६३ अर्ब बिमा शुल्क आर्जन गरी गत वर्षको दाँजोमा ७ दशमलव १२ प्रतिशतले वृद्धि गर्न सफल भएको जानकारी गराए ।
त्यसैगरी कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफा तथा गत आर्थिक बर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ९ दशमलव ७३६८ प्रतिशतका दरले हुन आउने रकम २९ करोड ४९ लाख ६१ हजार ५३० रुपैयाँ (कर प्रयोजनार्थसहित) नगद लाभांश सभाबाट पारित भएको ढकालले जानकारी गराए ।
प्रतिक्रिया