काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जे भन्छन् सो कुरा मान्नुपर्ने हो भन्दै प्रतिनिधिसभा बैठकमा प्रश्न गरेका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जामन्त्री खड्काले प्राधिकरणका निर्देशक घिसिङले चाहे जसरी सरकार अघि बढ्न नसक्ने बताए । बुधबार सभामुखले जवाफ दिन रुलिङ गरेपछि बिहीबारको संसद् बैठकमा मन्त्री खड्काले घिसिङले चाहे जसरी सरकार अघि बढ्न नसक्ने बताएका हुन् ।
‘आयोजनाका ठेकेदारहरूले रकम पाएका छैनन्, नाफा हो कि होइन भन्ने मानेर जनतालाई ३०० रुपैयाँमा सेयर बेच्दा के भन्लान् जनताले । कुलमानले जे भन्छन् त्यो मान्नुपर्ने ?’, उनले प्रश्न गरे । डेडिकेटेड तथा ट्रंकलाइनमा लाल आयोगले २२ अर्बको साटो ६ अर्बमात्रै उठाऊ भनेको र घिसिङले २२ अर्ब नै नाफा देखाएको खड्काको आरोप छ ।
‘लाल आयोगले २२ अर्बको साटो ६ अर्ब भनेको छ, २२ अर्ब नाफा हो भनेर देखाइएको छ, २२ अर्ब उठाउन अरबिन्द कुमार मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ, उक्त समितिलाई कुनै प्रमाण दिइएको छैन,’ उनले भने । यस्तै, यसअघि ऊर्जा मन्त्रालय सम्हालेका मन्त्रीहरूको पनि आफूले सहयोग नपाएको मन्त्री खड्काले गुनासो गरे ।
प्रतिक्रिया