काठमाडौं । लोकदोहोरी गायिका उमा श्रेष्ठले ‘बाडुल्की कुक्क’ बोलको गीत र भिडियो ल्याएकी छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।
उक्त गीतमा गायिका उमालाई वरिष्ठ गायक घमेश दुलालले आवाजमा साथ दिएका छन् । सार्वजनिक गीतमा संगीत अमृत खातीले भरेका हुन् भने शब्द विनोद ढकालले रचना गरेका छन् ।
उक्त गीतको भिडियोमा सन्जीब ठकुरी र निहारिका थापाको अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठले निर्देशन गरेको भिडियोलाई छायांकन सन्तोष तिमल्सिनाले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई छोटो समयमा नै टिकटकमा पनि अत्याधिक रुचाइएको गायिका उमाले बताइन् ।
प्रतिक्रिया