पर्साका प्रहरी प्रमुख मिश्रले गरे सिप्रदीको अनुगमन, सिप्रदीले प्रहरीलाई गाडी व्यवस्थापन तालिम गराउने

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले नेपालमा टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि वीरगञ्जमा अनुगमन गरेका छन् ।

अनुगमनमको क्रममा पर्साका प्रमुख प्रहरी उपरीक्षक मिश्र र टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि पर्सा, बाराको प्रमुख प्रबन्धक सन्दीप गुप्ताबीच पर्सा जिल्लाका प्रहरीहरुलाई गाडी व्यवस्थापनसम्बन्धी तालिम यही फागुन १२ गते सिप्रदी ट्रेडिङ प्रालिको व्यवसायीक सामाजिक उत्तरदायित्व … अन्तर्गत रहेको शिप्रदीयन सहायता संस्थाद्वारा दिने भएको हो ।

नेपालमा टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि वीरगञ्जले जिल्ला प्रहरी कार्यालय पर्साबाट माग भएबमोजिम प्रहरीहरुलाई सिप्रदी ट्रेडिङ प्रालिका इन्जिनियरमार्फत तालिममा गाडी मर्मत, विद्युतीय गाडीसम्बन्धी जानकारी, सुरक्षाका उपायहरू र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानीहरुबारे तालिम दिने सिप्रदी ट्रेडिङ प्रालि पर्सा, बाराका प्रमुख प्रबन्धक सन्दीप गुप्ताले जानकारी दिए ।

टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि वीरगञ्जको अनुगमनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाल पत्रकार महासंघ पर्साका सदस्य राहुल गुप्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया