काभ्रे । बनेपामा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका एक युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । काभ्रेको बनेपा नगरपालिका– १० पुलबजारस्थित अरनिको राजमार्गमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको हो ।
बुधबार साँगाबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख ३२४६ नम्बरको टिपरले बाटो काट्दै गरेका अन्दाजी २५–२६ वर्षका युवकलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हालसम्म मृतकको पहिचान खुलेको छैन । प्रहरीले फोटोमा देखिएको हुलिया भएका व्यक्ति कसैले उनलाई चिनेमा, ९८५१२८५३७६ वा ९८५११२३८०५ नम्बरमा सम्पर्क गरी जानकारी दिन अनुरोध गरेको छ ।
प्रतिक्रिया