सदाबहार रोनाल्डाको नेतृत्वमा अल नासर

दुबई । आउँदो बुधबार क्रिस्टियानो रोनाल्डो ४० वर्ष पुग्न आँटेका रोनाल्डाले अझै पनि उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । रियादको अल–नासर क्लबलाई नेतृत्व गर्दै उनी अल–वासलविरुद्ध एएफसी च्याम्पियन्स लिग एलिट समूहको खेलका लागि तयारीमा छन् ।

पोर्चुगिज स्टार रोनाल्डोले डिसेम्बर २०२२ मा अल–नासरमा अनुबन्ध भएका हुन् । उनले यो सिजन साउदी प्रो लिगमा १७ खेलमा १५ गोल गरिसकेका छन् । यदि रोनाल्डोले आफ्नो लिगको प्रदर्शन च्याम्पियन्स लिगमा पनि निरन्तरता दिन सके भने अल–नासरले पहिलोपटक एसियाली च्याम्पियन बन्ने मौका प्राप्त गर्नेछ । समूह चरणका २ खेल बाँकी छन् । अल–नासर पहिले नै नकआउट चरणका लागि छनोट भइसकेको छ ।

‘रोनाल्डोको लागि सबैभन्दा राम्रो जन्मदिनको उपहार अल–वासलविरुद्धको जित हुनेछ’, अल–नासरका प्रशिक्षक स्टेफानो पिओलीले सोमबारको खेलअघि भने, ‘यो हाम्रो लागि महत्वपूर्ण खेल हो र हामी ३ अंक चाहन्छौँ ।’
म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका लागि ५ पटक युइएफए च्याम्पियन्स लिग जितेका रोनाल्डोको एसियामा भने त्यो उपलब्धि दोह¥याउन सकेका छैनन् । त्यसैले उनलाई सफल बनाउन अल–नासरले गत हप्ता इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट जोन डुरानलाई लगभग ७९ मिलियन डलरमा अनुबन्ध गरेको छ । साउदी अरबका सञ्चारमाध्यमका अनुसार डुरानलाई अल–वासलविरुद्ध खेल्न दर्ता भइसकेका छन् ।

‘डुरान राम्रो अवस्थामा छन् । हामी उनलाई कसरी उपयोग गर्ने भनेर योजना बनाउने छौँ’, पिओलीले भने । अल–नासरले म्यानचेस्टर सिटीका पूर्वडिफेन्डर आयमेरिक लापोर्टलाई व्यक्तिगत कारणले गुमाउनेछ । अर्का डिफेन्डर अली लाजामी र पोर्चुगिज मिडफिल्डर ओटाभियो पनि चोटका कारण उपलब्ध हुने छैनन् ।

१२ टोलीको समूहमा अल–नासर हाल तेस्रो स्थानमा छ । साउदीका २ प्रतिद्वन्द्वी अल–हिलाल र अल–अहली भने ६ खेलसम्म अपराजित छन् । अल–हिलालले ४ पटकको महादेशीय उपाधि जितिसकेको छ, जुन कुनै पनि एसियाली क्लबभन्दा बढी हो । तर, नेयमारको अनुपस्थितिमा पर्सेपोलिसविरुद्धको खेल कठिन हुनेछ । नेयमार पछिल्लो १८ महिनामा मात्र ७ खेल खेलेर दक्षिण अमेरिकामा फर्किएका छन् ।

‘हामी खेलको लागि उत्साहित छौँ’, अल–हिलालका प्रशिक्षक जोर्ज जिससले भने, ‘हाम्रो लक्ष्य घरमै जित हात पार्नु हो ।’ अर्कोतर्फ प्रिमियर लिगका पूर्वस्टारहरू रियाद माहरेज र इभान टोनी रहेका अल–अहलीले आक्रमण खेल पस्किरहेको छ । त्यसैले

प्रतिक्रिया