काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ सहितका कार्यक्रममा नजाने भएका छन् । स्वास्थ्यमा समस्या भएका कारण भौतिक उपस्थित हुन नसकेपछि प्रधानमन्त्रीले भर्चुअल रुपमा सुरुङमार्गको ब्रेक थ्रु गर्ने तयारी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
केहि दिन पहिलेदेखि नै स्वास्थ्यमा समस्या आएका कारण सार्वजनिक कार्यक्रममा उपस्थित नभएका ओलीले सुरुङमार्गको ब्रेक थ्रु मा भने उपस्थित हुने इच्छा जनाएका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि उनले काठमाडौँबाटै भर्चुअल रुपमा ब्रेक थ्रु गर्ने तयारी रहेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो १२ः४५ मा भर्चुअल रुपमा ‘ब्रेक थ्रु’ गर्नेछन् ।
प्रधानमन्त्री ओलीले पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्ने र त्यसपछि सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम रहेको थियो ।
प्रधानमन्त्री ओलीको घाँटीमा समस्या भएकाले उनको स्वर भासिएको जनाइएको छ ।
प्रतिक्रिया