‘दुःखी आत्मा’का लागि नयाँ गीत छायांकन

काठमाडौँ । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुःखी आत्मा’का लागि नयाँ गीत छायांकन गरिएको छ । भक्तपुर दरबार स्क्वायर परिसरमा गरिएको छायांकनमा गीतका लागि दयाहाङ राई र आँचल शर्माले रोमान्टिक दृश्य दिएका छन् ।

गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । गीतमा केतन क्षेत्रीको सगीत, ईश्वर कार्कीको शब्द तथा कम्पोज छ । नयाँ गीतको भिडियो केही दिनमै सार्वजनिक गर्ने निर्देशक दीपेन्द्र लामाले बताए ।

फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ । आलोक शुक्लाको छायांकन रहेको फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ ।

सामाजिक सञ्जाल टिकटकमा यो फिल्मको ‘ब्रेक अप कविता’ भाइरल भइरहेको छ । फिल्ममा अनुप विक्रम शाह र बुद्धि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय छ ।

प्रतिक्रिया