भाषा अतिक्रमण तथा विस्थापनको सिलसिला

अहिले पनि नेपालका अधिकांश स्थानका स्थानीय नाम द्रुत गतिमा बाह्य नामले अतिक्रमण गरेको देखिन्छ । विषेशतः हिन्दु देवी–देवताका नाम, खस–नेपाली भाषा, अंग्रेजी भाषा र प्रसिद्ध व्यक्ति तथा व्यक्तित्वहरूको नामलगायत अन्य विदेशी भाषाले तीव्र गतिमा अतिक्रमण गरिरहेको देखिन्छ । कतिपय स्थानीय स्थानका नाम भने आफ्नो मौलिक नामबाट अपभ्रंशित हुँदै गइरहेको पनि देखिन्छ ।

निनाम लोवात्ती

स्कन्द पुराण, बराह पुराण, गरुड पुराणलगायतका प्राचीन ग्रन्थहरूमा नेपालको नाम छ, यद्यपि यी ग्रन्थहरू कहिले लेखिएका हुन् भन्ने एकिन छैन । इशापूर्व २ सय वर्ष अघि लेखिएको कौटिल्यको अर्थशास्त्रमा नेपालको बारे उल्लेख छ । सन् २७५ तिर लेखिएको समुद्र गुप्तको प्रयागराजस्थित प्रशस्तीमा नेपालको नाम छ । यसैगरी लिच्छविकालमा राजा मानदेवको ई. ४६४ को चाँगुनारायण स्तम्भले पनि नेपाल प्राचीन राष्ट्र हो भन्ने पुष्टि गरेको छ । नेपाल भन्ने शब्द कुन भाषाको हो ? भन्ने एकिन हुन सकेको छैन ।

एक भाषाले अर्को भाषालाई अतिक्रण तथा विस्थापन गर्ने क्रम समाजको विकास सँगै सुरु भएको हो । तर कुन चाँही नामलाई विस्थापित गरी नेपाल नाम रहन गएको हो ? भन्ने एकीन छैन । विश्व इतिहासलाई हेर्ने हो भने तत्कालीन युरोपियन मुलका देशहरू जस्तै फ्रान्स, पोर्चुगल, स्पेन, इटली, जर्मनी, नेदरल्यान्ड, बेलायत आदि देशका शासकहरूले आफ्नो शासन भू–क्षेत्र पैmलाउने क्रममा जहाँ, जहाँ पुगे , कब्जामा लिए, ती देश र क्षेत्रका जनतामा आफ्नो भाषा, धर्म, वेषभुषा, संस्कार, संस्कृति आदि पनि विस्तार गरे ।

अरु कुरो व्यक्ति स्वयम्को इच्छामा छाडिएको वा व्यक्तिको रुचीमा भर पर्ने जस्तो देखिए तापनि धार्मिक आस्था चाहिँ अनेक प्रलोभन र जोर–जबरजस्ती लाद्ने काम अभैm पनि रोकिएको छैन । यो विभिन्नि तह र स्तरमा देखिन्छ । जस्तो की नेपालमै पनि प्रायः सबै जातजाति र भाषाभाषीको आ–आफ्नै मातृभाषा, धर्म, वेषभुषा, संस्कार, संस्कृति, रीतिथिति, रहनसहन, मूल्य–मान्यता, परम्परागत कानुन, चाडपर्व आदि थिए । तर अहिले कतिपय लोप भइसकेको र कतिपय लोप हुनेक्रममा छन् । यो क्रम कहिलेदेखि सुरु भयो ? यसै भन्न सकिने अवस्था छैन । किनकी लिच्छवीकाल भन्दा अघिको लिखित प्रमाण नेपालमा फेला परेका छैनन् ।

गौतम बुद्धका अभिलेखहरू धेरै जसो पाली भाषामा र थोरै जसो संस्कृत भाषामा लेखिएको पाइन्छ । यता नेपालको त्रिशुली पूर्वमा लिच्छवी राज चल्दै गर्दा त्रिशुली पश्चिममा खस राज चलिरहेको पाइन्छ । कालन्तरमा लिच्छवीको ठाउँमा मल्ल राज चल्यो । मल्ल राज पनि टुक्रा टुक्रा बन्यो । उता खस राज पनि टुक्रा टुक्रा बनेर २२ से २४ से राज्य बने । यसैक्रममा आज भन्दा करिव २ सय ८० वर्ष अघि खस राज्यकै एउटा टुक्रो गोर्खा राज्यको नेतृत्वका राज्य बिस्तार सुरु भयो । नेपालको वर्तमान स्वरुप यही बिस्तारको उपज हो ।

गोर्खा राज्यले भूगोल मात्रै बिस्तार गरेन , आफ्नो भाषा, धर्म तथा संस्कृति पनि बिस्तर गर्यो । राज्यको एकल धर्म हिन्दु, एकल भाषा नेपाली (पहिले गोरखा–गोर्खा भाषा भनिन्थ्यो), एकल भेष दौरा–सुरुवाल र ढाका टोपी, एकल राष्ट्रिय पूmल, एकल राष्ट्रिय जनावर, एकल रङ्–रंग, एकल निशाना छाप, एकल व्यक्तिको (राजाको) स्तुति गान गाउने राष्ट्रिय गीत’ आदिमा अभ्यस्त गराईयो । कथं–कदाचित कोही व्यक्ति वा समुदायले त्यसो गर्न नमाने उनीहरूका मुख्येलीलाई डाँडा कटाईयो ,गायव पारियो, मारियो । यस्तो क्रम अभैm विश्वमा तीब्ररुपले चलिरहेकै छ । सबैभन्दा बढी धर्मको हकमा यो कुरो लागू भएको छ भने, त्यसपछि भाषा र अरु चिजहरूमा पनि यस्तो खाले अतिक्रमण लागू भएको छ ।

अहिलेसम्म पनि साह्रै प्रभावकारी रुपमा लागू भएको भनेको चाहिँ स्थान नामहरूको नाम सम्बन्धमा देखिन्छ । त्यसैले त अहिले पनि नेपालका अधिकांश स्थानहरूको स्थानीय नामहरू द«ुत गतिमा बाह्य नामहरूले अतिक्रमण गरेको देखिन्छ । विषेशतः हिन्दु देवी–देउताका नाम, खस–नेपाली भाषा, अंग्रेजी भाषा र प्रसिद्ध व्यक्ति तथा व्यक्तित्वहरूको नाम लगायत अन्य विदेशी भाषाले तीव्र गतिमा अतिक्रमण गरिरहेको देखिन्छ । कतिपय स्थानीय स्थान नामहरू भने, आफ्नो मौलिक नामबाट अपभ्रंशित् हुँदै गई रहेको पनि देखिन्छ ।

उदाहरणका लागि इलाम जिल्लामा रहेको अन्तुडाँडा नै लिऊँ । अन्तु डाँडाको नाम तत्कालीन युवराज दीपेन्द्रको नाममा ‘दीपेन्द्र शिखर’ बनाईएको छ । त्यस्तै तेहृथुम जिल्लाको सदरमुकाम ‘मेयङ लुङ’ हाल अपभं्रषित भएर ‘म्याङलुङ’ भएको छ । तेह्रथुम जिल्लाकै ‘हात्तिलेङे (पूरै खोलालाई हिँवा खोला भनिन्छ), झरनाको नाम अपभ्रंषित भएर ‘ह्यात्रुङ’ भएको छ । त्यति मात्र हैन मेयङ लुङ बजारभित्रै पर्ने ‘तुम्भुङला’ गाउँ तम्फुला भएको छ । र, तेहृथुम जिल्लाकै ‘सुम्दोवा’ गाउँ ‘सम्दु’ र ‘सङबो’ गाउँ ‘संगपु’ भएको छ । त्यस्तै संखुवासभा जिल्लाको ‘तुम्लुङटार’ अपभ्रंषित भएर ‘तुम्लिङटार’ भएको छ । स्मरणीय छ तुम्लिङटार विश्वकै होँचो उपत्यका हो ।

भोजपुर जिल्लाको ‘कुलुङ’ गाउँको नाम भने हालसम्म जस्ताको तस्तै ‘कुलुङ’ कायम रहन सफल भएको छ । स्मणीय छ, कुलुङ जाति नेपालका प्राचीन जातिहरूमध्येका किराती आदिवासी हुन् । यता सोलुखुम्बु जिल्लाको ‘फुसतेल’ र सत्तो–सोत्तो गाउँहरू भने, क्रमशः सोताङ र शिबटार–कृष्णटार भएको छ । त्यसो त धनकुटाको ‘भेडेटार’ पनि बेलायती युवराज चाल्र्सको नाममा ‘चाल्र्स भ्यु प्याइन्ट’ भएको छ–थियो । खोज्दै जाँदा नेपालभरि नै स्थानीय नामहरू, खास गरी आदिवासी जनजातिका मातृभाषामा राखिएका–रहिआएका स्थानीय नामहरू नेपालीकरण–खसकरण र विदेशी विशेषतः अंग्रेजी भाषाको अतिक्रमणमा परेका छन् । यस्ता धेरै उदाहरणहरू रहे तापनि, यो पंक्तिकारले थाहा पाउँदासम्म पोखरा नजिकको ‘ह्याङजा’ अहिले ‘हेम्जा’ भएको छ भने पोखराकै ‘पाताले छाँगो’ ‘डेवि’ज फल्स’ भई सकेको छ । भनिन्छ, डेवी नामक स्वीस तरुनी (विदेशी महिला) उक्त छागाँबाट खसेर वेपत्ता भएपछि–मरेपछि ‘पाताले छाँँगो’ ‘डेवि’ज फल्स’ भएकी हुन् ।

यसै क्रममा केही वर्षअघि साविक ‘टर्की’ भन्दै आएको–भन्ने गरेको देशको नाम परिवर्तन भएर अब ‘तुर्किये–तुर्किया’ भएको हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ । तत्कालीन टर्कीले संयुक्त राष्ट्र संघमा आफ्नो नाम फेरिएको भनी निवेदन (पत्र) नै दिएको भन्ने विभिन्न समाचार स्रोतहरूले जनाएका छन् । भनिन्छ, टर्की सन् १९२३ सम्म विभिन्न देशको उप निवेशको रुपमा रहेको थियो । एकभाषाले अर्को भाषालाई अतिक्रमित गर्ने वा अभ्रंषित गर्ने क्रम टर्कीमा मात्रै नभएर विश्वभरि तीब्ररुपले चलेको वा भनौं चलिरहेको थियो–छ । त्यस्तै स्थान नामका हकमा पनि यो कुरो लागू भएको पाइन्छ ।

अतिक्रमित र अपभ्रंषित भएका नेपालका स्थान नामहरूका सम्बन्धमा भन्नु पर्दा नेपालका हिमालहरू पनि अछूतो रहन सकेको छैन । नेपाली हिमालहरूको नाम पनि खुबै अतिक्रमणमा परेका छन् । त्यस्ता केही हिमालहरूको नाम तल उल्लेख गरिएको छ । १, सेवालुङ (कञ्चनजंघा) । २, फक्ताङलुङ (जान्नु–कुम्भकर्ण) । ३, सेसेलुङ (मकालु) । ४, चोमोलुङमा (सगरमाथा खस–नेपाली भाषाको नाम र एभरेष्ट अंग्रेजी भाषाको नाम) । ५, आम्पा मारे (गौरीशंकर) । ६, ख्वाप्स्लाङ–कार्पो (गणेश हिमाल) । ७, उर्कीमा (बाडेन पावेल–स्काउटका जन्मदाताको नाम) । ८, जाक्सम्बा (पासाङल्हामु चुली–प्रथम सगरमाथा आरोही नेपाली महिलाको नाम) । ९, धाम्पुस (थापा पिक) । १०, झोङ–री (पिसाङ पिक) । ११, प्याङगेन पुथाङ (मनास्लु) । १२, ङादी चुली (डाक्टर हर्क चुली) आदि ।

जबरजस्त र सर–सल्लाहले स्थाननामहरू प्रिवर्तित, अतिक्रमित र अपभ्रंषित हँुदै गएका छन भने नयाँ नाम राख्ने क्रममा धेरै ठाऊँमा विवाद र होर्डिङ बोर्ड फालाफाल भएका उदारणहरू पनि प्रशस्तै भेटिन्छ । जस्तो कि, तत्कालीन ललितपुर उ.म.न.पा.—१४ (हाल महानगरपालिका) को नखिपोटको खेल मैदान नजिक आदिवासी विशेषतः लाहुुरे परिवारको बाक्लो बस्ती भएकाले सुरुमा ‘किरात चोक’ नामाकरण गरियो । तर, पछि उमनपा समेतको मिलेमतोमा स्थानीय रैथानेहरूले ‘शिव चोक’ बनाएरै छाडे ।

यसरी राज्य र राज्य पक्षका अनुदारवादी रुझान राख्ने पक्षले किरात भन्नाले एउटा जात वा जाति मात्रै सम्झे, बुझे । तर, किरात भन्नाले एउटा जात वा जाति मात्रै नजनाएर इतिहास, सभ्यता, धर्म, दर्शन, भाषा, महाजाति भनी चिनाउने र, लगभग ८–१० हजार वर्षको इतिहास बोकेको शब्द हो भन्ने बुभ्mन सकेनन् । र, त्यो वेला ‘किरात चोक’ नाम राख्न चाहनेहरूले पनि स्थानीय (पूराना वासी) हरूलाई ‘किरात’ शब्दले केवल नेपालका एक जात वा जाति मात्रै नजनाएर, इतिहास, सभ्यता, धर्म, दर्शन, भाषा, महाजाति, आदि पनि जनाउँ–चिनाउँछ,त्यसैले हामी सबैले ‘किरात’ नाम स्वीकारौं भनी सम्झाउन, बुझाउन सकेनन् ।

चर्को रुपमा जातजाति र भाषाभाषीको कुरा गर्नेेहरूले यसबारेमा पनि पहल कदमी लिने हो कि ? खासमा संघीयताको मर्मअनुरुप पनि सगरमाथालाई चोमोलुङमा, गणेश हिमाललाई ख्वाप्स्लाङ कार्पो, सोताङलाई फुसतेल, हेम्जालाई ह्याङजा, ह्यात्रुङलाई हात्तिलेङे, तुम्लिङटारलाई तुम्लुङटार, कञ्चनजंघालाई सेवालुङ, मकालुलाई सेसेलुङ भनी पुनः नामाकरण गर्ने कि? त्यतिमात्रै होइन, नेपालभरि आदिवासी जनजातिका मातृभाषामा रहेका–रहिआएका स्थान नामहरू पुनः स्थापित गराउन किन पहल नगर्ने ? त्यसो त ‘काठमाण्डौ उपत्यका लगायत वरिपरिका स्थान, खोलानाला आदिको स्थानीय नामहरू ८० प्रतिशतभन्दा बढी किराती परिवारको भाषामा रहेका छन् ।’ यो कुरा धनबज्र बज्राचार्यद्धारा लिखित ‘लिच्छवीकालीन अभिलेख’ नामक किताबमा लेखिएको छ ।

प्रतिक्रिया