अनु र राजुको आवाजमा ‘बाज’ को भिडियो

काठमाडौं । गायिका अनु चौधरी र गायक राजु अर्यालको युगल आवाजमा गीत ‘बाज’ नामक नयाँ गीत सार्वजनिक भएएको छ । उक्त गीतमा बसन्त विश्वकर्माको शब्द रहेको छ भने कृष्ण बाजुरालीले संगीत भरेका छन् । गीतको अडियोलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा कमल भक्त र वर्षा भण्डाराको प्रेमलाई देखाइएको छ । गाउँको परिवेशमा हुर्किएका एक युवा आफ्नो प्रेमलाई छाडेर परदेशमा जानुपर्दाको पीडा भिडियोमा देखाइएको छ ।

उक्त भिडियोमा दिलिप सिंह, प्रज्जवल अधिकारी र प्रेम भण्डाराको पनि अभिनय देख्न सकिन्छ । भिडियोमा कथा र निर्देशन पनि कमल भक्तकै रहेको छ ।

कमल नेपाली गीतसंगीतको क्षेत्रमा पाँच वर्ष अघिदेखि निरन्तर सक्रीए छन् । उनले चलचित्रमा साइड डान्सरको रुपमा काम गर्दै, म्युजिक भिडिओको निर्देशन गर्न थालेका हुन् ।

उनले अहिलेसम्म साइड डान्सरको रुपमा झण्डै तीनसय बढी भिडिओमा काम गरिसकेका छन् भने आफैले अभिनय र निर्देशन गरेको पनि दर्जनौँ भइसकेको उनले बताए ।

प्रतिक्रिया