पोखरा । कुमारी ब्युटी पोखरा स्टोर्स सञ्चालनमा आएको छ । अभिनेत्री रिमा विश्वकर्माले उक्त कुमारी ब्युटीको पोखरा स्टोर्सको औपचारिक उद्घाटन गरेकी हुन् । मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानाडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टहरुको प्रमुख स्टोर पोखरामा सुरु भएको हो ।
शनिबार एक कार्यक्रमबीच अभिनेत्री विश्वकर्माले कुमारी ब्युटीको पोखरा स्टोर्सको उद्घाटन गर्दै सौन्दर्यसम्बन्धी प्रडक्ट प्रयोग गर्दा त्यसबारे ज्ञान हुन एकदमै जरुरी रहने भन्दै कुमारी ब्युटीबारे आफ्ना कुरा राखेकी थिइन् ।
यस्तै मान्छेको सौन्दर्य कहिल्यै पनि उसको नियन्त्रणमा नहुने रीमा विश्वकर्माको तर्क थियो । क्यानाडामा उत्पादन हुने कुमारी ब्युटीका प्रडक्टहरुले पोखराका बाराही चोकमा स्टोर खोलेर देशभरी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
‘म प्राकृतिक पदार्थ भएको प्रडक्ट प्रयोग गर्न रुचाउँछु,’ मेकअप आर्टिस्ट शोभा भट्टराईले भनिन्, ‘कुमारी ब्यूटीको प्रडक्टमा मैले त्यो पाएँ, जहिल्यै पनि नयाँ प्रडक्ट प्रयोग गर्दा एलर्जी आउने या छालामा समस्या देखाउने हो कि भन्ने डर हुन्छ तर यसमा त्यस्तो भएन । मेरो स्कीनलाई यो उपयुक्त रहेछ ।’
सन् २०२१ बाट सुरु भएको कुमारी ब्युटीले ४० प्रकारका प्राकृतिक तथा हस्तनिर्मित सौन्दर्यसम्बन्धी प्रडक्टहरु उत्पादन गरेको सञ्चालक भट्टराईले बताइन् । ‘हामीसँग बाथबम्ब्स्, कस्मेटिक्स, साबुन, मैनबत्ती लगायत सौन्दर्यसम्बन्धी सामाग्रीहरु छन्, यो प्राकृतिक, हस्तनिर्मित र छालामैत्री पनि छ,’ भट्टराईले भनिन् ।
प्रतिक्रिया