मोरङ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा माओवादी पहिलो दल बन्ने दाबी गरेका छन् । मोरङको ग्रामथान गाउँपालिकामा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले गत मंसिर १५ मा भएको उपनिर्वाचनले जनतामा माओवादीप्रति उत्साह जागेको भन्दै अब ०८४ को निर्वाचनमा पहिलो दल बन्ने गरे ।
‘हामी १२२ ठाउँमा स्थानीय तहमा जितेका थियौं । गएको उपनिर्वाचनमा ग्रामथानले त्यसलाई १२३ ठाउँ पुगेको छ,’ प्रचण्डले भने, ‘अब त्यो १२३ लाई हामी २५० बनाउनेछौं । अबको निर्वाचनमा माओवादी पहिलो दल बन्नेछ । यसमा कसैले रोक्न सक्दैन ।’
प्रतिक्रिया