समाजवादी प्रेस संगठनबाट विश्वमणि सुवेदी साधारण सदस्यसमेत नरहने गरी कारवाहीमा

काठमाडौं । समाजवादी प्रेस स‌गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी कारवाहीमा परेका छन् । अध्यक्ष सुवेदीलाई शुक्रबार बसेको पदाधिकारी बैठकले संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको पार्टी केन्द्रीय सदस्य चमिना भट्टराईले जानकारी दिइन् ।

समाजवादी प्रेस संगठनले सुवेदीमाथि चार वटा गम्भीर आरोप लगाएको छ । संगठनका वरिष्ठ उपाध्यक्ष नवराज छतकुलीले सुवेदीले लामो समयसम्म संगठनको बैठक नबसाएको, नेपाल पत्रकार महासंघको निर्वाचनमा विपक्षी उम्मेदवारलाई सघाएको, आर्थिक हिनामिना गरेको तथा संगठनका विरुद्ध निरन्तर गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको बताए ।

प्रतिक्रिया