चलचित्र ‘एक्टर’ शुक्रबारदेखि प्रदर्शनमा आउने

काठमाडौं । पत्रकार मनोहरी थापाद्वारा निर्मित चलचित्र ‘एक्टर’ यही शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । शुक्रबारबाट देशभरका झण्डै ७० वटा सिनेमा हलमा उक्त चलचित्र प्रदर्शनमा आउने निर्माता थापाले जानकारी दिए ।

युवा पुस्तालाई लक्षित हौसला प्रदान गर्ने कथावस्तु समेटेर चलचित्र ‘एक्टर’ निर्माण गरिएको उनले बताए । यो चलचित्र नायक प्रिन्स थापा मगरको डेब्यु चलचित्र हो ।

विशेष शोहरुमा दर्शकहबाट प्रशंसा बटुल्न सफल ‘एक्टर’मा नायक, नायिका नयाँ भए पनि उनीहरुको काम अहिलेका चल्तिका स्थापित कलाकारहरुको भन्दा कम नभएकाले आफू सन्तुष्ट रहेको निर्देशक मदन घिमिरेले बताए ।

आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण ‘एक्टर’मा मुख्य नायक थापाको साथमा शिवानी गिरी, कशिस दाहाल, निशा केसी भण्डारी, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । उक्त चलचित्र ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको निर्देशक घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया