‘हिउँको गीत’ छायांकन सकियो

काठमाडौँ । वर्षा राउत र जोयस पाण्डेको मुख्य भूमिका रहेको फिल्म ‘हिउँको गीत’ को छायांकन सकिएको छ । पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा अन्तिम दृश्य खिँचेसँगै फिल्मको सुटिङ सकिएको हो । जोयस ‘साँघुरो’ का निर्देशक हुन् ।

ओहायो राज्यको क्लिभल्याण्ड सहरमा हलिउडका चलचित्र छायाँकन गरिने सुविधा सम्पन्न स्टुडियोमा छायांकन गरिएको थियो। जोयश पाण्डेयसँगको संयुक्त लेखनमा तयार फिल्मलाई विमल सुवेदीले निर्देशन गरेका हुन् ।
यस फिल्ममा नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको छ। भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा र संघर्षको कथा प्रस्तुत गरिएको निर्माण समूहले जनाएको छ ।

फरक पुस्ताका एउटा परिवारले बोकेको अनुभव बारे सो फिल्ममा देखाइएको छ । ‘हिउँको गीत’ यस अघि नाटकको रुपमा भारतमा प्रस्तुत भएको थियो । त्यहाँ ३ पदक जितेको निर्देशक सुवेदी बताउछन् । गत वर्ष अमेरिकामा सोही कथामा ‘हिटलर आउँदैछ’ नाममा सांगीतिक नाटकसमेत सुवेदीले बनाएका थिए ।

सुवेदीले चलचित्र नेपाली र अंग्रेजी गरी दुई भाषामा फिल्म खिचिएको बताएका छन् । फिल्मलाई ह्याप्पी होम स्टुडियोजको प्रस्तुतिमा जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेले निर्माण गरेका हुन् । ओहायो राज्यको एक्रोन, कोलम्बस, पेन्सिलभेनिया वरिपरिका नेपालीभाषी भुटानी समुदायको सहजिकरणमा तयार भएको फिल्म निर्माणको अन्तिम चरणसम्म थिएटर भिलेज र गाउँ स्टुडियोले सहकार्य गर्ने छन् ।

फिल्ममा वर्षा र जोयशसहित पूजा चन्द, आकाश खतिवडा, ईशिर कर्मचार्य, थोमस किथ स्कट, केदार उप्रेती र आर बी खड्कालगायतको अभिनय छ । फिल्ममा पेन्सलभेनियाको ह्यारिसबर्ग तथा ओहायोको कायाहोगा फल्स, एक्रोन, कोलम्बस, सनसाइन तेक्वान्दो तथा नृत्य एकेडेमी, इन्टा फाउन्डेसनका ४ दर्जनभन्दा बढी कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका फिल्मकर्मीले काम गरेका छन् । फिल्मलाई चिनइन गाउले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गर्नेछन् ।

प्रतिक्रिया