जलेश्वर बैठक राष्ट्र र जनताको हितमा नयाँ आयाम

अबका दिनमा लाल क्रान्ति होइन निलो क्रान्ति जनताले चाहेका छन् । यसलाई २०७९ को संघीय निर्वाचनमा चितवनका जनताले क्रान्तिको परिभाषा बदलिदिएका छन् । निलो क्रान्तिले दिएको सन्देशलाई देशव्यापी बनाउँदा पार्र्टीको स्थापना भएको ६ महिनामै मुलुकको चौथो राजनीतिक शक्ति बन्न सफल भयो । अबका दिनमा पार्टीले विश्वास र अभ्यास गर्ने चितवन नमुनाको आन्दोलन हो ।

श्याम मदन केसी

नेपालमा जनताले विगत लामो समयदेखि भोग्दै आएको आर्थिक, सामाजिक, राजनैतिक, विभेद्को अन्त्य गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापना भएको हो । जनतामाथि गरिएको अन्याय, अत्याचार, शोषण र दमनलाई समाप्त गरी जनताको सर्वोपरी हितका गर्ने मूल उद्देश्यले रास्वपा अगाडि बढेको देखिन्छ ।

किन उदायो रास्वपा ?

२००७ साल, २०४६ साल, र २०६२ सालको जनआन्दोलन भई पटक–पटक राजनैतिक परिवर्तन हुंँदा समेत शासन सत्तामा पुगेकाहरुले जनता र राष्ट्रहितको पक्षमा काम गर्न सकेनन् । देश र जनता दिन प्रतिदिन कमजोर हुँदै जान थाले । ठुला पार्टीका सिमित नेताहरु र केही व्यक्तिहरु मात्रै सुकिला मुकिला हुन थाले । सरकारले गर्ने हरेक निर्णयहरु सिमित पूँजीपति, व्यापारी, विचौलायाका पक्षमा भए र जनता निरीह अवस्थामा पुग्न थाले । सत्तालाई देश र जनताको लागि भन्दा आफ्नो स्वार्थका लागि केन्द्रित गरियो । आफु र आप्mना मानिसका लागि राज्यको स्रोत साधन दुरुपयोग गरि सम्पत्ति जोड्नमा व्यस्त रहे । राजनीतिलाई सामाजिक सेवाको रुपमा नभई व्यावसायको रुपमा विकास गरियो । दलका नेताहरुले पार्टीको तर्फबाट हुने उम्मेदवारीलाई खरिद बिक्रिमा परिणत गरे । संवैधानिक निकायहरुमा आफ्ना मानिसहरु राख्न थालेपछि झन त्यसले विकृत रुप लियो । आर्थिक लेनदेनको आधारमा विभिन्न स्वार्थ समूहहरुलाई सदनमा प्रवेश गराइ उनिहरुकै स्वार्थमा कानुनहरु निर्माण हुन थाल्यो । जनता निराश भए, युवाहरु अध्ययनको नाममा विदेशिन लाग्यो ।

यस्तो अवस्थामा नेपाली जनतालाई नेपालमा नै केही गर्न सकिन्छ । त्यसको सुधार राजनीतिबाट गर्न सकिन्छ भन्ने आशा जगाउँदै रास्वपाको जन्म भएको देखिन्छ । रास्वपाको स्थापनाले धेरै युवाहरुलाई आकर्षित ग¥यो । जसको परिमाण स्वरुप स्थापना भएको केही महिनामा नै २१ सिट सहित सदनमा प्रवेश गर्ने अवसर प्राप्त ग¥यो । रास्वपाका युवा संसदहरुले सदनमा खेलेको भुमिकाले जनतामा आशा जगायो । पार्टी सभापति रवि लामिछानेको नेतुत्वमा सरकारमा सहभागी भएपछि भ्रष्टाचारी माथि चलाइएको कानुनी डण्डाले पुराना पार्टीका नेताहरु अत्तालिए । धेरै नेताहरु भागाभागको स्थितिमा पुगे ।

यसरी जनताको दुःख, पीडा, पीरमर्कामा रास्वपाका नेताहरु जिल्ला, गाउँ, वडाहरुमा पुग्न थाले । यस्ता कार्यले जनतालाई झन ठुलो आशा जगायो । जनताको समर्थन देखेपछि पुराना पार्टीका नेताहरु आतिन थाले । जसका कारण अनेक पटक पार्टीका नेतामाथि राज्य सत्ताको दुरुपयोग गरी दुःख दिने गरियो । जसको पछिल्लो उदाहरणको रुपमा रास्वापाका सभापति रवि लामिछाने माथिको राजनीतिक प्रतिशोधलाई लिन सकिन्छ ।

ऐतिहासिक जलेश्वर बैठक

जनताको पक्षमा सशक्त आवाज उठाई देशमा सुशासन कायम गर्नका लागि जलेश्वरमा भएको रास्वपाको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले महत्वपूर्ण निर्णय गरेको पाइन्छ । सभापति तथा संसदीय दलका नेता लामिछानेले २०८०मा पेश गर्नु भएको राजनीतिक प्रतिवेदनले देश, जनता र पार्टीको जीवनलाई स्पष्ट दिशानिर्देश गरेको छ । उहाँले पुराना पार्टीले जस्तो क्लिष्ट शब्द र काइते भाषामा सिद्धान्त र आर्दशवादी कुरा नगरी जनताका समस्याहरुलाई सरल भाषामा उठाउने प्रतिवद्धता जाहेर गरेको पाइन्छ । धेरै पटक व्यवस्था परिवर्तन भए तापनि शासकले नागरिकको जीवनस्तरमा पर्याप्त सुधार गर्न सकेनन् । त्यसैले यही व्यवस्था भित्रैबाट जनताको अवस्थामा परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश दिनु भएको छ ।

हामी नेपालीले विकास र समृद्धिमा आशातित फड्को मार्न सकेनौ । अर्थात व्यवस्था परिवर्तनले देश र नागरिकको अवस्था खासै परिवर्तन गर्न सकेन । राजनीतिलाई सही नीति र नेतृत्वले डो¥याएको भए बहुदलीय प्रजातन्त्र पुनः स्थापनापछिको तीन दशक र संघीय लोकतान्त्रिक गणतन्त्रपछिको डेढ दशकमा परिवर्तनलाई संस्थागत गर्न सकिन्थ्यो । संस्थागत गर्न सकेको भए मुलुकका नागरिकका आंकाक्षा पूर्ति गर्ने गरी सम्वोधन गर्न सकिन्थ्यो । यहाँका पूराना राजनीतिक अगुवाको मूल ध्येय सत्ता, दल र नेता केन्द्रित हुँदा मुलुक क्रमशः अनिश्चिततातर्फ र नागरिक निराशातर्फ धकेल्न ठुलो मद्दत गरेको देखिन्छ । विगत लामो समयदेखि राज्य सञ्चालन गर्ने मुख्य दलले राजनीतिक परिवर्तनका लागि अहम भुमिका निर्वाह गरे तर , देश र जनताको हितको लागि सामान्य काम गर्न सकेनन् । त्यसैले यही व्यवस्थाभित्रै रहेर जनताको अभिमत जितेर सबै खाले परिवर्तन गर्न सम्भव भएको निष्कर्षमा रास्वपा पुगेको देखिन्छ ।

रास्वपाले वर्तमान व्यवस्थाभित्र रहेरै मुलुक र नागरिकको अवस्था परिवर्तन गर्न सकिन्छ भन्ने अठोट लिएको छ । त्यसैले वर्तमान अवस्थामा व्यवस्था परिवर्तनको बहसभन्दा सुशासन र विकासको बहसमा केन्द्रित रहेको देखिन्छ । गरिब, दुखी, पीडित नागरिकको कहाली लाग्दो जीवनबारे बहसलाई छेड्नु पर्छ । यदि यस्तो कार्य नगरेको खण्डमा आम जनतालाई परिवर्तनको प्रत्याभूति दिने संकल्प अनिश्चिततातर्फ धकेलिन सक्छ । हालको अवस्थामा जनताको समस्याका बारेमा बहसलाई अगाडि बढाआंै । सिद्धान्तको खोलो बगाउने राजनीति अब बन्द गर्ने समय आएकोले अन्य पार्टीलाई यस्तो कार्यमा लाग्न आह्वान गनुपर्ने अवस्था छ । अझै राजनीतिक अस्थिरतातिर धकेलिन जाँदा हुने लडाई झगडा मारकाटले पहिलो असर गरिब वस्तीमा पर्नेछ ।
गरिब वस्तीमा ३४ बर्षसम्म खानेपानीको व्यवस्था गर्न नसक्नेले आगो झोस्ने काम गर्न हुँदैन ।

जनताले प्रधानमन्त्री, मन्त्री बनाउने तर जनताको घर जल्नु पर्ने ? यो देशमा आम जनतालाई दुःख दिनुपर्ने ? जनताको दुःखको मूल कारण गरिबी, अशिक्षा, विभेद, भ्रष्टाचार हो । सबैभन्दा पहिले यो फेर्ने हो । यो फेर्दा समेत जनताहरुको आर्थिक स्थितिमा सुधार ल्याउन सकिएन भने समस्याका कारणहरुलाई तेस्रो, चौथो लिष्ट तयार गरी सुधारलाई निरन्तरता दिनुपर्छ । यसरी एकपटक सम्पूर्ण बल लगाएर देशलाई विकसित राष्ट्र बनाउने अभियानमा लाग्नु पर्छ ।

यति गर्दा समेत देश र जनताको मुहार परिर्वन गर्न सकिएन भने जे फाल्नु छ फालौं, जे ल्याउनु छ ल्याऔ भन्ने भावनाबाट रास्वपा अगाडि बढेको छ । सामाजिक न्यायलाई केन्द्रमा राखी सुशासनको भिष्म प्रतिज्ञासहित दु्रत विकासका नमुनाहरु ल्याएर रोजगारीको सिर्जना गरी आर्थिक उन्नति उच्च बनाउनु पर्छ । रास्वापाले जति भोक लागे पनि थाल खान सकिदैन, गाँस नै खाने हो भन्ने भावनालाई आत्मसात गरेको देखिन्छ । अहिलेको प्रदेश संरचनाले हामीलाई कही लग्दैन । यो संरचना भ्रष्टाचारको केन्द्र र कार्यकर्ता व्यवस्थापन केन्द्रको रुपमा स्थापित भएको छ । त्यसैले यसको विकल्प बारेमा सोच्नका लागि ढिला गर्नु हुँदैन ।

अबका दिनमा लाल क्रान्ति होइन निलो क्रान्ति जनताले चाहेका छन् । यसलाई २०७९ को संघीय निर्वाचनमा चितवनका जनताले क्रान्तिको परिभाषा बदलिदिएका छन् । निलो क्रान्तिले दिएको सन्देशलाई देशव्यापी बनाउँदा पार्र्टीको स्थापना भएको ६ महिनामै मुलुकको चौथो राजनीतिक शक्ति बन्न सफल भयो । अबका दिनमा पार्टीले विश्वास र अभ्यास गर्ने चितवन नमुनाको आन्दोलन हो । चितवनले स्थापित गरेको निलो क्रान्तिको नमुनालाई देश व्यापी बनाउने अभियानको यात्रा हुनुपर्ने छ । आगामी दिनमा संगठनले निलो क्रान्तिको आन्दोलनलाई संशक्त ढंगबाट चलाई मुलुक र नागरिकको अवस्था बदल्न अहम भुमिका निर्वाह गर्नेछ । कुनै कारण राजनीतिक तथा जनजीविकाको मुद्दामा सडकमा ओर्लनु पर्दा सघर्षमा दलका नेतागण अग्रपक्तिमा हुनेछन् । चोट लागे, क्षति पुगे, शुरुमा नेताहरु नै हुने अवधारणा रहेको देखिन्छ ।

नागरिकले नेता जोगाउने होइन, नेताले नागरिक जोगाउने हो । अहिलेको प्रदेशको संरचना दलको नेता कार्यकर्ता व्यवस्थापन गर्नकै लागि बनाइएको जस्तो प्रतित हुन्छ । आफ्नो उपादयता पुष्टि गर्न नसक्दा आम नागरिक प्रदेशस्तरको संरचनाप्रति असुन्तुष्ट छन् । नागरिकको आवाज सुने नसुने झै गर्ने, असन्तुष्टि देखे नदेखे झै गर्ने र नागरिकको भावना बुझे नबुझे झै गर्ने दल, राजनीतिक दल हुनै सक्दैन । त्यसैले प्रदेश संरचना बारे नागरिकको धारणा र असन्तुष्टिमा रास्वपाले बारम्बार आवाज उठाइ रहनेछ । प्रदेश संरचनामा परिवर्तन अत्यावश्यक छ ।
पुराना दलको प्रवृत्ति पार्टीमा निषेध गर्न र पार्टी भित्र विना कारण निषेध गरिएका असल मानिसहरुलाई टिममा ल्याउनका लागि दुई अवधारणा ल्याएको छ । जसलाई लिडरसीप एकेडेमी र उम्मेदवार क्लवको रुपमा व्यवस्था गरिएका छन् । मिसन ८४ लाई पार्टी संगठन विस्तार र सुदृढीकरण गर्ने अभियानको रुपमा अगाडि बढाएको छ ।

यस अभियानमा रास्वपाले आफ्नो एजेण्डाको जानकारी सहित धेरै भन्दा धेरै नागरिकहरुबीच पुग्ने जमर्को गरेको देखिन्छ । यसरी पार्टीमा योग्य, क्षमतायुक्त र इमान्दार दावेदार भित्राउने, अगाडि बढाउने अभियान हो ।

यस अभियानले पार्टीभित्र आफु पछि हटेर भएपनि टिमभित्र स्वच्छ छवि, प्रष्ट भिजन भएको इमानदार र क्षमतावान मान्छे खोज्ने, रोज्ने र जिताउने देखिन्छ । आउँदा चार वर्ष संगठनलाई चुस्त बनाउदै विकृति विसंगतिको खबरदारी र नागरिकका मुद्दामा एकाकार हुन सकेको खण्डमा थप स्थापित हुने विश्वास छ । मिसन ८४ लाई आफ्नै पार्टी भित्रको पारदर्शिताको अभियानको रुपमा समेत लिएको पाइन्छ । हरेक पदाधिकारीले अब आफ्नो जीवनयापनको स्रोत सार्वजनिक गर्नुपर्दछ । राजनीतिलाई जीवनयापनको माध्याम बनाउने होइन । जीवन धान्न धौ धौ परेका मानिसहरुलाई उद्यममा सघाउने हो, सक्रिय राजनीतिमा होइन भन्ने पवित्र भावना रहेको देखिन्छ । वर्तमान संविधानले रास्वपाको एजेण्डाको सम्बोधन गरेको छैन् । पार्टीले उठाएको शासकीय स्वरुप, संघीयताको ढाँचा, संसदको आकार र प्रतिनिधित्वमा फरक मान्यता जनता समक्ष अझै घनिभूत रुपमा लगिनेछ ।

चुनावबाटै आवश्यक संख्या पु¥याएर संविधान संशोधन गर्ने सामथ्र्य नपुग्दासम्म विद्यमान अभ्यास र विधिभित्रै रहेर पार्टीले आफ्ना एजेण्डाहरु जनतामाझ लैजाने प्रतिबद्धता प्रकट गरेको छ । पार्टीले प्राथमिकतामा राखेर मधेशको समस्या, वैदेशिक रोजगारीमा गएका नेपाली बारेमा, नागरिकका समस्या मूल मुद्दा सम्वन्धमा र लैङिग, जातीय, वर्गीय, र क्षेत्रीय लगायत सवै प्रकारका विभेद अन्त्य गर्ने वचनबद्धता प्रकट गरेको छ ।

(केसी रास्वपा बागमति प्रदेशका विभागीय प्रमुख हुन्)

प्रतिक्रिया