काठमाडौं । सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा हुने भएको छ ।
आइतबार बिहानै जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका सभापति लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा हुने भएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी आज जिल्ला अदालतमा आफैँ हाजिर भएका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौं आइपुगेका थिए । तर शनिबार परेकाले उनी आइतबार बिहानै अदालत गएका हुन् ।
स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
प्रतिक्रिया