काठमाडौं । गायिका समिक्षा अधिकारी र गायक महेन्द्र विकको स्वरमा ‘पिर पर्यो’ बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
युट्युबमा सार्वजनिक भएको उक्त गीतमा रमेशकुमार श्रेष्ठको शब्द, अलिस कार्कीको संगीत रहेको छ । कलाकार, निर्माता तथा निर्देशक ईश्वर थापाको अफिसियल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।
यस भिडियोमा आकाश श्रेष्ठ र बिना राउतले अभिनय गरेका छन् भने भिडियोलाई मिस्टर काजिले निर्देशन गरेका हुन् ।
त्यसैगरी छायांकन जितु तामाङ, मेकअप मन्दिर दोङ, कोरियोग्राफर लाक्पा दोर्जी तामाङ, व्यवस्थापक रवि भुजेल, आर्ट विजय दोङ, पोष्ट स्टुडियो ब्राईटलाइट पिक्चर्स रहेको छ ।
प्रतिक्रिया