नेपालमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना

काठमाडौं । नेपाल र चीनबीच फिल्म निर्माण, प्रवर्द्धन र बजारीकरणको सहकार्य लक्ष्य लिँदै नेपालमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना गरिएको छ ।

काठमाडौंको छायाँ सेन्टरमा अवस्थित क्यूएफएक्समा विहीवार एक समारोहकाबीच फिल्म फेस्टिबल आयोजना गरिएको हो ।

चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको संयुक्त आयोजनामा भइरहेको यो एक दिने कार्यक्रममा चीनका तीन चर्चित फिल्म देखाइने छ ।

‘हर स्टोरी’ देखाउँदै सुरु हुने ‘चाइना फिल्म डे’ कोमा ‘जीफर ग्याप’ र युडी झाङको मिडसमर्स भ्वाइस पनि देखाउने तालिका छ ।

प्रतिक्रिया