काठमाडौं । नरेश जोगीको शब्द, संगीत र आवाजमा थारु गीत ‘मच्छी मारे जाई’को भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा जोगीलाई आरके थारु, राज कुश्मी, सोनु कुश्मी र आरजु चौधरीले आवाजमा साथ दिएका छन् ।
उक्त गीतको भिडियो गायक नरेश जोगीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक भएको सातादिन पनि नबित्दै झण्डै लाखको हाराहारीमा हेरिएको छ ।
भिडियोमा नरेश जोगी, समिक्षा चौधरी, रुनी चौधरी, दिपिका चौधरी, निरज चौधरी लगायतका कलाकारको अभिनय रहेको छ । नरेश जोगीले निर्देशन गरेको भिडियोमा सम्पादन मिलन विश्वकर्मा, मास्टरिङ चन्द चौधरी, क्यामरा दया चौधरीको रहेको छ ।
प्रतिक्रिया