हाम्रो मुलुकमा उद्योगका लागि कच्चा पदार्थ छैन । विदेशबाट कच्चा पदार्थ ल्याएर औद्योगिक उत्पादन निर्यात गर्न सकिने अवस्था छैन । किनकी हाम्रो मुलुक भ्ूपरिवेष्टित हो । जनतालाई सबैभन्दा बढी कर लगाउने मुलुक मध्ये हाम्रो मुलुक विश्वमा सबैभन्दा अगाडि छ, तर यति हुँदाहुँदै पनि हाम्रो मुलुकको राजस्वले कर्मचारीसमेत पाल्न पुगेको छैन ।
हालसालै अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्या ११ लाख ४७ हजार ५६७ जना पुगेको छ । त्यसो त यो पंक्तिकारले ३१ डिसेम्बर (सन् २०२४) को रातिसम्म विमानस्थलबाट आउने, नेपाल भित्रने विदेशी पर्यटकहरूको संख्या लगभग ११ लाख ४९ हजार पुग्ने अनुमान गरेको थियो । तर, त्यस्तो हुन सकेन । अर्थात २ हजार थपिएर ४९ हजार पुग्न सकेन । सन् २०२४ को सुरुको ११ महिनामा १० लाख ५५ हजार ५३३ जना विदेशी पर्यटकहरू नेपाल आएका थिए । जबकी नेपाल सरकारको लक्ष्यचाहिँ सन् २०२४ मा कम्तिमा १३ लाख १५ हजार विदेशी पर्यटक नेपाल भित्र्याउने रहेको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा कम्तिमा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य सरकारले लिएको थियो ।
सन् २०२४ को १२ महिनामा मासिक रूपमा कति विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आए त ? भनी तथ्यतथ्यांक जान्नेतर्फ लागौँ । जनवरीमा ७९ हजार १०० । फेब्रुअरीमा ९४ हजार ४२६ । मार्चमा १ लाख २८ हजार १६७ । अप्रिलमा १ लाख ११ हजार ३७६ । मे मा ९० हजार २११ । जुनमा ७६ हजार ७३६ । जुलाइमा ६४ हजार ५९९ । अगस्टमा ७२ हजार ७१९ । सेप्टेम्बरमा ९६ हजार ३०५ । अक्टोबरमा १ लाख २४ हजार ३९३ । नोभेम्बरमा १ लाख १४ हजार ५०१ र डिसेम्बर महिनामा करिब ९५ हजार जना विदेशी पर्यटक नेपाल भित्रिए । यसरी तथ्यांक हेर्दाखेरि सन् २०२४ डिसेम्बर ३१ को बिहानसम्म नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ४७ पुगेको छ ।
यो भनेको सन् २०१९ पछिको सबैभन्दा धेरै हो । सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । भने सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरू नेपाल आएका थिए । नेपाली पर्यटनका बारेमा समग्रमा भन्नुपर्दा विश्वका अन्य देश हेरिकन हाम्रो देशमा धेरै ढिला मात्रै विदेशी पर्यटकलाई कानुनी रूपमा प्रवेश गर्न दिइएको थियो, हो । किनभने, २००७–००८ साल (सन् १९४९–०५०) तत्कालीन श्री ३ महाराजहरूले आपूm अनुकूल रहेका अथवा आपूmले चाहेका केही देशका कूटनीतिज्ञहरू र केही देशका राजा–महाराजाहरूलाई मात्रै नेपालमा प्रवेश गर्न दिन्थे ।
राजा महाराजाहरूको कुरो गर्दाखेरि ऊ बेला ‘कहिल्यै सूर्यास्त नहुने देश’ भनी चिनिएको बेलायतका राजा–महाराजाहरूलाई मात्रै नेपालमा प्रवेश गर्न दिन्थे । हुन पनि राणा शासनकालमा नेपाली समाज पूरै बन्द समाजका रूपमा रहेको थियो । शिक्षा र चेतनाको स्तर धेरै कम थियो । अझ शिक्षाको त के कुरो गर्ने ? किनभने, राणा शासकहरूले जात तोकेरै बाहुन पुरुषले मात्रै पढ्न पाइने व्यवस्था गरिएको थियो । बाहुनले पनि हिन्दू धर्मका लागि चाहिने कर्मकाण्डीय शिक्षा मात्रै लिन पाउँथे । त्यसैले ऊ बेला सरकारले विदेशीहरूलाई फिरंगी–विदेशी भनेर घृणा गर्नुका साथै जो पायो त्यो विदेशी (फिरंगीहरू) लाई जथाभावी रूपमा नेपाल भित्रन दिँदैन थिए ।
अरूको त के कुरो, काठमाडौँ उपत्यकामा प्रवेश गर्नका लागि शिवरात्रीको अवसरबाहेक अरू बेला राहदानी लिनुपथ्र्यो । नेपाल भनेर काठमाडौँ उपत्यकालाई मात्रै चिनिन्थ्यो । तर, जब २००७ साल (सन् १९४९–१९५०) मा राणाशासनका विरुद्ध आन्दोलन भएर राजनीतिक परिवर्तन भयो, तब नेपालमा नयाँ खालको राजनीतिक व्यवस्था सुरु भयो । त्यसरी आएको राजनीतिक परिवर्तनपछि बनेको तत्कालीन नेपाल सरकार (पछि श्री ५ को सरकार भन्न थालियो) ले चाहिँ नेपालकै अन्य क्षेत्र नागरिकहरू र विश्वका जुनसुकै देशका विदेशी नागरिकहरूलाई पनि नेपाल आऊजाऊ गर्नका लागि खुला ग¥यो ।
नेपाल सरकारले आर्थिक वर्ष २०८१–०८२ मा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने सो लक्ष्य पूरा गर्नका लागि के गर्दा सफल होला त ? त्यसै विषयका सम्बन्धमा यो लेखमा छोटो चर्चा गरिने छ । हालकै अवस्थामा विदेशी पर्यटकको नेपाल आगमन दरले १६ लाख पुग्न अलि असम्भव नै रहेको छ । किनभने १६ लाखको सो लक्ष्य पूरा गर्न पनि हरेक महिना लगभग १ लाख ३४–३५ हजार विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आउनुपर्ने हुन्छ । जुन तत्कालै कुनै आधारबिना सम्भव हुँदैन । कसरी नेपाल सरकारले आर्थिक वर्ष २०८१–०८२ मा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने भनी घोषणा गरेको लक्ष्य पूरा हुन्छ ?
अहिलेको जस्तो सूचना, सञ्चार र प्रविधिले अति छिटो फड्को मारिरहेको जमानामा कुनै पनि देशको पर्यटन आगमनमा सकारात्मक ढंगले वृद्धि हुन र पर्यटन प्रवद्र्घन गर्नका लागि सहयोग पुग्न सूचना, सञ्चार र प्रविधिको भूमिका कस्तो रहन्छ, हुन्छ ? भन्ने सम्बन्धमा केही लेख्ने प्रयास गरिएको छ । सूचना, सञ्चार र प्रविधिले असाध्यै फड्को मारेको वर्तमान समयमा जुन देशको सरकार र पर्यटन व्यवसायीले आप्mनो देशका पर्यटकीय गतिविधिबारे छिटो र छरितो ढंगले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्छन्, ती देशले बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सक्छन् भन्ने देखिन्छ । जुनसुकै देशको सरकार र पर्यटन व्यवसायीले पनि आप्mनो देशका पर्यटकीय गतिविधिबारे छिटो र छरितो ढंगले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्छन्, ती देशमा विदेशी पर्यटकहरूको आगमनमा विविधता पनि आउन सक्ने देखिन्छ ।
आजभोलि सूचना, सञ्चार र प्रविधि विकासले गर्दा विश्व नै एक गाउँ (ग्लोबल भिलेज) भइसकेको छ । त्यसैले अब हामी नेपालीले पनि पछिल्लोपटक विकसित भएको सूचना, सञ्चार र प्रविधिको विकासलाई सही सदुपयोग गरेर धेरैभन्दा धेरै देशका पर्यटकहरूलाई धेरैभन्दा धेरै संख्यामा नेपाल भ्रमण गराउन लागी पर्नुपर्ने देखिन्छ । यसका लागि नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड (एनटिबी) र निजी क्षेत्रका पर्यटन व्यवसायी तथा संघसंस्थाहरूले पहल गर्नुपर्ने देखिन्छ ।
चिनियाँ पर्यटकको आगमन अपेक्षाकृत हुन नसक्दा मध्यमस्तरका होटलहरू संकटमा छन् । यति मात्रै होइन चिनियाँ भाषा सिकेका पथप्रदर्शकहरू पलायन हुने अवस्थामा छन् । ५–७ वर्षअघि चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढेका कारण चिनियाँ भाषा जान्ने पथप्रदर्शक उत्पादनमा पर्यटन व्यवसायीहरूले ठुलै लगानी गरेका थिए । चिनियाँ पर्यटकहरूको संख्या न्यून हुँदा नेपालले बेहोर्नुपर्ने सबैभन्दा ठूलो समस्या भनेको चीनसँगको व्यापार घाटा हो । चीनबाट नेपालले वार्षिक करिव ३ खर्ब रुपैयाँ बराबरको उपभोग्य बस्तु आयात गर्छ । तर निर्यात भने १ अर्ब रुपैयाँ बराबर पनि छैन । चीनसँगको यो कहालीलाग्दो व्यापार घाटालाई कम गर्ने एक मात्रै उपाय भनेको जतिसक्दो धेरै चिनियाँ पर्यटक नेपाल भित्र्याउनु हो ।
एउटा भनाइ नै छ, संकट सँगसँगै अवसर पनि आउँछ । अवसरलाई समात्न जान्ने हो भने संकट पार लाग्छ, अवशरलाई समात्न नसक्ने हो भने संकटले सिध्याइदिन्छ । यतिबेला हाम्रो मुलुक यस्तै संकट र अवसरको दोसाँधमा छ । पहिलो कुरा त हामीसँग निर्यात गर्न सकिने बस्तु खासै छैन । वर्षको २० खर्ब रुपैयाँ तिरेर विदेशी बस्तु आयात गर्छौं, तर विदेशमा साढे २ खर्बको मात्रै नेपाली बस्तु बिक्री गर्छौं । विदेशमा बिक्री गर्ने नेपाली बस्तुहरू पनि अधिकांश स्वदेशी उत्पादन होइनन् । व्यापार घाटाको यो कहालीलाग्दो स्थितिले नेपालको अर्थतन्त्र धरासायी भइसकेको छ । वैदेशिक रोजगारीमा गएका युवाको रगत पसिनाको कमाइबाहेक हामीसँग विदेशी मुद्रा आर्जनको स्रोत छैन ।
हाम्रो मुलुकमा उद्योगका लागि कच्चा पदार्थ छैन । विदेशबाट कच्चा पदार्थ ल्याएर औद्योगिक उत्पादन निर्यात गर्न सकिने अवस्था छैन । किनकी हाम्रो मुलुक भूपरिवेष्टित हो । जनतालाई सबैभन्दा बढी कर लगाउने मुलुक मध्ये हाम्रो मुलुक विश्वमा सबैभन्दा अगाडि छ, तर यति हुँदाहुँदै पनि हाम्रो मुलुकको राजस्वले कर्मचारीसमेत पाल्न पुगेको छैन । विकास निर्माणका लागि विदेशीसँग ऋण लिनुबाहेक अर्को विकल्प छैन । नेपालमा पर्यटन क्षेत्रको संभावना निकै ठूलो छ । पर्यटन व्यवसायको प्रवद्र्धन र उपयोग गर्न जान्ने हो भने नेपालको समृद्धि टाढा छैन ।
सरकारको इच्छा शक्ति हुने हो र आमनेपाली एकजुट भएर लाग्ने हो भने नेपालमा वार्षिक १ करोड विदेशी पर्यटक भित्र्याउन तथा ती पर्यटकलाई सेवा दिन खासै गारो छैन । १ जना विदेशी पर्यटकले सरदर ३ हजार डलर खर्च गरेछन् भने पनि वर्षको १० खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सजिलै भित्रिन्छ । यसैगरी पर्यटन क्षेत्रले दिने रोजगारी बहुआयमिक हुन्छ । १ जना विदेशी पर्यटक बराबर १ जना नेपालीले प्रत्यक्ष रोजगारी पाउने मोटामोटी आँकडा छ । वार्षिक १ करोड विदेशी पर्यटक भित्रिनु भनेको नेपालमा बेरोजगारीको समस्या समाधान हुनु हो । पर्यटन उद्योगले न वायु प्रदुषण गर्छ, न ध्वनी प्रदुषण । बरु आमजनतालाई सफा, स्वस्थ्य र चिटिक्क भएर बस्न, आफ्ना मूर्त तथा अमूर्त संपदाको संरक्षण र संवद्र्धन गर्न पर्यटन उद्योगले प्रेरित गर्छ ।
नेपालक पर्यटन प्रवद्र्धन गर्नका लागि नेपालको सामान्य परिचय र चिनारीसहितको प्रोफाइल बनाएर वेब पोर्टल–वेबसाइटमा राख्न सकेदेखि निश्चय नै नेपालमा वार्षिक रूपमा १ करोड विदेशी पर्यटक भित्र्याउनका लागि कुनै आइतबार कुर्नु पर्दैन कि ? त्यसो गर्न सकेमा हाम्रो जस्तो ‘मास बेस टुरिस्ट’ चाहिने देश अनि संख्यालाई महत्व दिनेहरूका लागि पनि मुखमा बुजो लाग्ने थियो कि ?
प्रतिक्रिया