यतिबेला कमरेड माओले आफ्नो जीवनको उत्तराद्र्धको अन्तिमतिर ‘माक्र्सवादको प्रयोग गर, संशोधनवादको होइन, खुलाखुलस्त होऊ, जालझेल षड्यन्त्र नगर, एकजुट होऊ, नफुट’ भन्ने जुन दिशानिर्देश गरेका छन् त्यसलाई सही परिप्रेक्षमा आत्मसात गर्नुपर्दछ । तर यो कुनै अवसरवादी साँठगाँठ र गठबन्धन होइन, सैद्धान्तिक, राजनीतिक र व्याबहारिक तथा रचनात्मक एकताको कुरा हो ।
विश्व मानव समाजको इतिहासमा २०आँै शताब्दीको एउटा अविस्मरणीय, महान तथा युगान्तकारी परिघटना अक्टोबर समाजवादी क्रान्ति हो । लेनिनको नेतृत्वमा १९१७ मा सम्पन्न यस अपूर्व क्रान्तिले विश्वमा पहिलोपटक स्थापित गरेको समाजवादी सोभियत संघकै शिक्षा ग्रहण गरेर चीनमा कमरेड माओको नेतृत्वमा नयाँ जनवादी क्रन्ति सम्पन्न भएको हो । यो पनि अक्टोबर समाजवादी क्रान्तिपछिको २०औँ शताब्दीको अर्को उत्तिकै अविस्मरणीय घटना हो ।
७० वर्षसम्म चलेर १९९० मा सोभियत संघ ढल्यो । त्यसपछिको ३ दशकभन्दा बढी यताको समय मूलतः प्रतिप्रवाहको काल खण्डको रूपबाटै गुज्रिदै आएको छ । अनि त्यसयता विश्वमा अत्यन्तै ठुल्ठुला खुल्दुली पैदा गर्ने खालका दूरगामी प्रकृतिका प्रतिक्रान्तिकारी घटनाहरू घटेका छन् । अनि निकै उथलपुथलकारी प्रतिगामी परिवर्तनहरू पनि भएका छन् । सोभियत संघमा समाजवादलाई अन्तिमरूपमा नष्ट गरिनु, सोभियत संघ छिन्नभिन्न हुनु र पूर्वी युरोपमा कम्युनिस्ट नेतृत्वका शासनसत्ताहरूको पतन तथा ती सबै देशहरूमा पुँजीवाद पुनर्वहाली हुनु र यसरी मानव समाज ‘शोषणविहीन समाजबाट पुनः शोषणयुक्त समाज’मा पछि फर्कनु जस्ता असमान्य घटनाक्रमहरू वैज्ञानिक समाजवादी विश्व शक्तिका निम्ति अत्यन्तै गम्भीर प्रकृतिका प्रतिगामी धक्का हुन् ।
अद्यापि ती धक्काहरूको गम्भीर असर विश्वव्प्यापीरूपमा रहिरहेको छ । प्रतिप्रवाहका यस्ता प्रतिक्रान्तिकारी घटना विकासबाट विश्वस्तरमा गहिरो राजनीतिक, आर्थिक तथा सामाजिक प्रभाव परेको छ र प्रायः एकपछि अर्को प्रत्युत्पादक परिवर्तनहरू पनि हुँदै आइरहेका छन् । यस्ता प्रकारका प्रतिप्रवाहका प्रतिगामी घटनाहरू घटेपछि समाजलाई वैज्ञानिक दृष्टिकोणले हेर्ने र ब्याख्या गर्ने दर्शन, विचार र सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओविचारधाराका विरुद्धसमेत एउटा नयाँ र तीव्र हमला पनि देखापरेको थियो र त्यो क्रम एक वा अर्को रूपमा अहिले पनि जारी नै रहेको छ ।
ती घटनावाट खुसीले उत्ताउलिएका अमेरिकाको नेतृत्वमा रहेका विश्व साम्राज्यवादी शक्तिहरूले माक्र्सवाद तथा कम्युनिज्मका विरुद्ध जोडदार र योजनाबद्ध प्रचार हमला सुरु गरिदिएका थिए र आज पनि गरिरहेका छन् । सामाजिक प्रजातन्त्रवादी शक्तिहरू र स्वयं कम्युनिस्ट आन्दोलनभित्र रहेका आत्म समर्पणवादीहरूद्वारा खुलमखुल्ला रूपमा तिनीहरूको मद्दत गरिँदै आएको थियो । त्यो क्रम पनि अद्यापि जारी नै छ । माक्र्सवाद तथा वैज्ञानिक समाजवादको निन्दा गर्ने ती शक्तिहरूको हौसला त्यसताका यत्तिका धेरै बढिसकेको थियो कि उनीहरूले पुँजीवादलाई नै ‘मानवीय सामाजिक विकासको चरम उत्कर्ष र शाश्वत तथा अपरिवर्तनीय सत्य’ बताउन पनि चुकेका थिएनन् र अहिले पनि त्यसो भन्न छाडेका छैनन् ।
सोभियत संघमा प्रतिगामी घटनाकासाथै पूर्वी युरोपका कम्युनिस्ट पार्टीहरूको सत्ता समाप्त भएर त्यहाँ पुँजीवादको भूत जागेपछि फुकुयामा जस्ता पुँजीवादी बुद्धिजीवीहरूले त इतिहासकै अन्त्य भएको ठोकुवासमेत गरेका थिए । हुन त पहिलादेखि नै पनि पुरातनपन्थी प्रतिक्रियावादी शक्तिहरूले माक्र्सवादी–लेनिनवादी सिद्धान्त र त्यसका पक्षधरहरूलाई खुल्लारूपमै तारो बनाउँदै आएकै हुन् । त्यस क्रममा २०औँ शताब्दीमा मानवीय उच्च सभ्यताका लागि भौतिक तथा बौद्धिक विकासमा समाजवादले खेलेको अपूर्व र अतुलनीय योगदानलाई पूर्णरूपले मेटाउने कोशिस पनि तिनले गर्दै आएका हुन् ।
२०औँ शताब्दीको अन्तिम दशकका माथि उल्लिखित पछिल्ला प्रतिप्रवाहका ठूला प्रतिगामी घटनाहरूले भने उनीहरूको मनोबल अझ बढी बढ्न गएको मात्र हो । नयाँ कुरा भने निश्चय नै होइन । विश्वको वैज्ञानिक समाजवादी आन्दोनलमा विकसित भएको स्थितिको यस्ता जटीलताहरूले जुन जुन विषयहरूमा प्रश्न उठाइएको थियो र अहिले पनि उठाइरहेका छन् तिनको सम्बन्ध मानवीय सभ्यताको कम्तिमा पनि १ शताब्दीभन्दा केही बढीको इतिहाससँग अभिन्न रूपले गाँसिएको छ । त्यसैले यसको सही उत्तर खोज्नका लागि घटना विकासको व्यापक, समग्र तथा गहिरो अध्ययनको आवश्यकता छ र हुन्छ । प्रारम्भिक चरणमा विकसित भएका माथि उल्लिखित पछिल्ला घटनाहरूको समग्र प्रकृतिलाई हेर्दै र केलाउँदै यस सम्बन्धमा केही प्राथमिक निष्कर्षहरू निकाल्न सकिन्छ । त्यसो गर्नु नै बढी वस्तुगत र विश्वसनीय कुरा हुन्छ ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले सुरुदेखि नै विभिन्न भड्काउको सामना र भीषण संघर्ष गर्दै विकसित हुनुपरेको लामो इतिहास छ । संशोधनवाद तथा कठमुल्लावाद (जसलाई जडसूत्रवाद पनि भनिन्छ) का विरुद्ध माक्र्सवादका आधारभूत वैज्ञानिक सिद्धान्तले हमेशा संघर्ष गर्दै आउनुपरेको छ । अनि राष्ट्रिय अन्तर्राष्ट्रिय यथार्थ वस्तुगत परिस्थितिका आधारमा यसरी नै यसको रक्षा र विकास हुँदै आएको छ । यो दुई लाइनको संघर्षको यथार्थलाई माक्र्स–एंगेल्स, लेनिन, स्तालिन, माओ सबैले बेहोर्नुपरेको थियो । तर पछिल्लो २०औँ शताब्दीको अन्तिम दशकको जस्तो र जुन घोर प्रतिक्रान्तिकारी घटना विश्वस्तरमा नै घट्यो त्यसले गर्दा आज यो सैद्धान्तिक संघर्ष पहिलेभन्दा अझ बढी जटील, तीव्र र अझ भीषण हुन गएको छ ।
यसलाई हल्का–फुल्का रूपमा लिइनु हुँदैन । आधुनिक संशोधनवाद जसको वकालत स्टालिनपछि सोभियत संघमा सत्तामा आएका सोभियत कम्युनिस्ट पार्टीका नेता निकिता खु्रश्चेभले गरेका थिए त्यसका विरुद्ध र कतिपय कम्युनिस्ट पार्टीभित्र हुर्केको वामपन्थी दुस्साहसवादका विरुद्ध ती पार्टीभित्र र बाहिर पनि विश्वका धेरै कम्युनिस्ट नेता तथा कम्युनिस्ट पार्टीहरूले सैद्धान्तिक तथा विचारधारात्मक संघर्ष चलाउँदै आएका हुन् र चलाइनुपर्दछ नै ।
यस सन्दर्भमा आज खासगरी अक्टोबर क्रान्तिको ७०औँ वार्षिकोत्सवदेखि सोभियत संघको कम्युनिस्ट पार्टीद्वारा पेस गरिएका विभिन्न विचारधारात्मक निर्णयहरूप्रति विश्वका धेरै कम्युनिस्ट पार्टीहरूले सुरुदेखि नै निकै ठूलो सन्देह र गम्भीर अविश्वास प्रकट गरेका थिए र ती निष्कर्षहरूबाट आफूलाई अलग्गै राख्दै र विरोधसमेत गर्दै आएका थिए त्यो कुरा सही थियो र छ भन्ने निष्कर्ष निस्कन्छ । तथापि त्यो प्रतिप्रवाहको असरले धेरै देशका कम्युनिस्ट पार्टीहरू र कम्युनिस्ट नेताहरू त्यसमा बगे र गलत बाटो पनि लिए र अद्यापि लिइरहेका छन् । यस्तो अवस्थामा विभिन्न देशका विभिन्न कम्युनिस्ट पार्टीहरूले अहिले पनि एक वा अर्कोरूपमा माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तहरूलाई नै त्यागिदिएका र त्यसबाट बिमुख हँुदै गएका छन् ।
यतिबेला विकसित भएका यी सबै घटनाहरूले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई अस्तब्यस्तताको स्थितिमा धकेलिदिएको परिदृष्य नै देखिन्छ । यस स्थितिमा आजको विश्वको बस्तुगत अवस्थाको अझ गहिरो अध्ययन, खोज, अनुसन्धान तथा यथार्थ ज्ञानको प्रयत्नगरिनु र सहीनिष्कर्ष निकाल्नु अत्यावश्यक छ । आजसम्मको मानव सभ्यताको सामाजिक विकासले अहिलेसम्म जे जति अनुभवहरू प्राप्त गरेको छ, तिनबाट सही शिक्षा लिन, ती समझदारीलाई अझ गहिरो बनाउन र तिनमा प्रतिबद्ध हुनु आवश्यक छ भन्ने यथार्थ नै प्रष्टसँग औल्याउँछन् । केबल यही तरिकाबाट नै विश्वका श्रमजीवी मजदुर वर्ग तथा शोषित पीडित आमजनसमुदायलाई सामन्तवाद विरोधी तथा साम्राज्यवाद विरोधी पुँजीवादी जनवादी क्रान्ति जसलाई हामीले नेपालमा ‘नयाँ जनवादी क्रान्ति’को संज्ञा दिएका छौँ ।
त्यस क्रान्तिका लागि र त्यसबाट अघि बढेर भावी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि वर्गीय शोषण तथा सबै किसिमका सामाजिक उत्पीडन (लैंगिक, जातीय, सांस्कृतिक) बाट मुक्तिका लागि आफ्नो संघर्षलाई अगाडि बढाउन सकिनेछ । अरू कुनै बनीबनाउ बाटो हाम्राअगाडि आज उपस्थित छैन । २०औँ शताब्दीमा आएका क्रान्तिकारी परिवर्तनहरूको र समकालीन विश्वमा वैज्ञानिक समाजवादी विचार तथा आचारको जुन गहिरो छाप विश्व समाजमा परेको छ त्यसको, सम्पूर्ण विजय र पराजयहरूको, अग्रगतिहरू र धक्काहरूको समुचित रूपले आँकलन, विश्लेषण तथा संश्लेषण गरिनुपर्दछ र एउटा सही निष्कर्षमा पुग्नुपर्दछ । यही नै क्रान्तिकारी कम्युनिस्टहरू अघि बढ्ने आजको सही र मूल बाटो हो ।
यतिबेला कमरेड माओले आफ्नो जीवनको उत्तराद्र्धको अन्तिमतिर ‘माक्र्सवादको प्रयोग गर, संशोधनवादको होइन, खुलाखुलस्त होऊ, जालझेल षडयन्त्र नगर, एकजुट होऊ, नफुट’ भन्ने जुन दिशानिर्देश गरेका छन् त्यसलाई सही परिप्रेक्षमा आत्मसात गर्नुपर्दछ । तर यो कुनै अवसरवादी साँठगाँठ र गठबन्धन होइन, सैद्धान्तिक, राजनीतिक र व्यावहारिक तथा रचनात्मक एकताको कुरा हो । यसरी समग्रमा यसले सिद्धान्तनिष्ठ वैचारिक र रचनात्मक एकताको नै माग गर्दछ । यसो गर्नसकेमा नै बास्तवमा कम्युनिस्टहरूले माओ जयन्ती मनाएको सार्थकता पनि हुन्छ ।
प्रतिक्रिया