काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १२८ रन बनाएको हो । लुम्बिनीका लागि विकास आग्रीले ३ र तिलक भण्डारीले २ विकेट लिए ।
रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले समान १–१ विकेट लिए । एनपीएलको आफ्नो अन्तिम खेलमा लुम्बिनी जीतसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । ६ खेल खेलिसकेको लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना समाप्त भइसकेको छ । लुम्बिनीलाई हराएर कर्णाली प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ ।
प्रतिक्रिया