काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर कर्णाली याक्सविरुद्ध पहिला बलिङ गर्दै छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले कर्णाली याक्सविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
लुम्बिनी एनपिएलको प्लेअफमा पुग्नबाट चुकिसकेको छ । लुम्बिनीले यसअघिका चार खेलमा लगातार हार ब्यहोरेको थियो भने एक खेल मात्रै जितेको छ ।
प्रतिक्रिया