विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई दियो १४० रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई जितका लागि १४० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले पोखरालाई १४० रनको लक्ष्य दिएको हो ।

विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०३९ रनको योगफल बनायो । विराटनगरका लागि स्कट एडवार्डसले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरेका थिए । एडवार्डस कुशल भुर्तेलको एलबिडब्लु सिकार भए ।

बासिर अहमद २० बलमा २१ रन बनाउँदै नट आउट रहँदा लोकेस बमले २६ रन बनाए । ओपनर लोकेसले १६ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । ओपनर लोकेस राइमन राइफरद्वारा कट एण्ड बोल्ड भए ।

पहिलो खेलमा अर्धशतक बनाए पनि त्यस पछि खराब लयमा निरन्तर रहेका मार्टिन गप्टिल १४ बलमा ५ रन बनाउँदै आउट भए । गप्टिल सागर डकालको बलमा बोल्ड आउट भएका थिए । प्रतियोगितामा पहिलो पटक बलिङ गरेका दिनेश खरेलले पहिलो बलमा नै नरेन भट्टलाई आउट गराए ।

४ रन बनाउँदै नरेन सागर ढकालबाट क्याच आउट भए । चौथो विकेटका रुपमा विराटनगरले निकोलस किर्तनलाई आउट गराए । १६ बलमा १ छक्काको सहयोगमा १९ रन बनाउँदै किर्तन सागरको बलमा माइकल लिक्सबाट समातिए ।

क्रिस सोलले ५ बलमा १ छक्काको सहयोगमा ७ रन बनाउँदै आउट भए । पोखराका लागि सागर ढकाल र राइमन रिफरले समान २ तथा कप्तान कुशल भुर्तेल र दिनेश खरेलले समान १ विकेट लिए । आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्स भिड्ने छन् ।

प्रतिक्रिया