काठमाडाैँ । चर्चित कमेडियन हिक्मत महराको मृत्यु भएको छ । मंगलवार साँझ कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पीयन २’ को उत्कृष्ट ४ मा पुगेर चर्चित बनेका उनी कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका स्थायी बासिन्दा हुन् ।
मंगलवार साँझ गोदावरी मन्दिर जाने बाटो नजिक म २ प ९११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा महरा गम्भिर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
प्रतिक्रिया