काठमाडौं । काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज बिहान पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदै छ भने दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।
पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ रोजेको छ । जनकपुरका कप्तान अनिलकुमार साहले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । सुदूरपश्चिम रोयल्सको कप्तानमा दिपेन्द्र सिंह ऐरी रहेका छन् ।
जारी एनपिएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी भएको छ । सुदूरपश्चिम रोयल्सले चार खेलमध्ये तीन खेलमा जित निकालेको छ । तीन खेल खेलेको काठमाडौं गुर्खाजले दुई खेल जितेको छ भने एक खेलमा पराजित भएको छ । लुम्बिनी भने पाँच खेलमा एउटा मात्र जित्न सफल भएको छ ।
प्रतिक्रिया