काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत नवौँ दिनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेर पहिला ब्याटिङ गर्दै छ ।
मंगलबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् । सुरुवाका दुई खेलमा हार बेहोरेर प्रतियोगिताको खराब सुरुवात गरेको कर्णालीले पछिल्लो २ खेल भने जितेको छ ।
कर्णाली ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ । जनकपुर र काठमाडौंसँग पराजित कर्णालीले विराटनगर र चितवनमाथि जित निकालेको थियो ।
३ खेलमा पोखरा २ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले पछिल्लो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो ।
प्रतिक्रिया