काठमाडौँ । नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्म ‘मिसिङ ः केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिति ११ माघलाई तोकिएको छ । निर्माण पक्षले बिहीबार पोस्टर जारी गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी दिएको हो ।
पहिला यस फिल्मको प्रदर्शन मिति ३० कात्तिकलाई तोकिएको थियो । १५ कात्तिकबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारंगी’को आक्रामक व्यापार गरिरहेकाले चेपुवामा पर्ने सक्ने अनुमानसहित निर्माण पक्षले निर्धारित मितिमा प्रदर्शन स्थगन गरेको थियो ।
निर्देशक दीपेन्द्र गौचनका अनुसार यस फिल्ममा ९० प्रतिशतभन्दा बढी स्क्रिन टाइमा नाजिर र सृष्टिकै छ । फिल्ममा उनीहरूसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुरलगायतको अभिनय छ । अमितेष शाह विशेष भूमिकामा छन् ।
दीपेन्द्र करिब ३ दशकपछि नयाँ फिल्म लिएर नेपाली दर्शकमाझ आउन लागेका हुन् । यो फिल्मको कथा उनकै हो । उनी डकु–ड्रामा ‘उजेली’ र ‘हाम्रो मुमिन’का निर्देशक हुन् । ट्राई सिटी पिक्चर्सको ब्यानरमा बनेको यस फिल्मका कार्यकारी निर्माता नकिम उद्दिन हुन् ।
प्रतिक्रिया