पोखरा एभेञ्जर्सले टस जितेर चितवन राइनोजविरुद्ध बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्सका कप्तान कुशल भुर्तेलले टस जित्दै चितवन राइनोजलाई ब्याटिङको निम्तो दिए । जारी प्रतियोगितामा पोखरा एभेञ्जर्सको यो पहिलो खेल हो ।

सोमबार काठमाडौं गोर्खाजलाई पाँच विकेटले पराजित गरेको चितवन राइनोज आज दोस्रो जितको खोजीमा छ । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई ९० रन पराजित गरेको छ ।

प्रतिक्रिया