सुदुरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै विराटनगर किङ्स

एनपिएल

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज हुने खेलमा विराटनगर किङ्सले सुदुरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । सुदुरपश्चिम रोयल्सको कप्तान दिपेन्द्रसिंह ऐरी रहेका छन् । गत शनिबारर भएको उद्घाटन खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।

आज आफ्नो दोस्रो खेलमा विराटनगर पहिलो जितको खोजीमा हुनेछ भने सुदुरपश्चिम रोयल्स पहिलो खेलमै पहिलो जितको खोजीमा छ । दोस्रो जितसँगै जनकपुर बोल्ट्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया