काठमाडौं । हेमन्त धामीको कप्तानीमा एसिया कप क्रिकेट खेल्न एसीसी यू–१९ नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार हेमन्तको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपालले पहिलो खेल नोभेम्बर २९ मा श्रीलंकासँग, दोस्रो खेल डिसेम्बर १ मा बंगलादेशसँग र समूहको अन्तिम खेल डिसेम्बर ३ मा अफगानिस्तानसँग खेल्नेछ । यू–१९ एसिया कप यूएईमा नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म सञ्चालन हुनेछ ।
घोषणा गरिएको टोलीको उपकप्तानमा अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा मगर, मयान यादव, नरेन साउद, युनिस विक्रक सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव छन् ।
यस्तै टोलीमा युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, प्रजित पौडेल, अविशेष तिवारी र रन्जित कुमार छन् । टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन् ।
प्रतिक्रिया