काठमाडौँ । बिहारको राजगिरस्थित हक्की स्टेडियममा आइतबार भएको महिला एसियन च्याम्पियन्स ट्रफीको खेलमा भारतीय महिला हक्की टोलीले जापानलाई ३-० ले हराएको छ । यो जितसँगै भारतीय टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
भारतका लागि यो खेलमा दीपिकाले दुई गोल (४७औँ र ४८औँ मिनेटमा) र नवनीत कौरले (३७औँ मिनेटमा) एक गोल गरिन् ।
यो जितसँगै भारतीय महिला हक्की टोली सेमिफाइनलमा प्रवेश गरेको छ। जारी च्याम्पियन्स ट्रफीमा भारतीय महिला हक्की टोलीको यो लगातार पाँचौँ जित हो । टोलीले यसअघि थाइल्यान्ड, मलेसिया, दक्षिण कोरिया र चीनलाई हराएको थियो ।
प्रतिक्रिया