काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु १ हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन तोलामा रु १ लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६५ हजार निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु १ हजार ९ सय ६० मा कारोबार भएकामा आजका लागि भने रु १ हजार ९ सय ५५ निर्धारण भएको छ ।
प्रतिक्रिया