गायक थापाको आवाजमा ‘कुनै दिन त’

काठमाडौं । चर्चित गायक नारायण थापाको आवाजमा ‘कुनै दिन त’ बोलको भिडियो सार्वजनिक भएको छ । उक्त गीतकोे भिडियो आभूषण इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजिक भएको हो ।

वरिष्ठ गीतकार ड. कृष्णहरी बरालको शब्द, गैरे सुरेशको संगीत, नारायण थापाको स्वर, माहाराज थापाको एरेन्ज, किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको भिडियोमा कमल सिंह, सुष्मिता, जिवन आचार्य लगायतको अभिनय रहेको छ ।

बुद्ध थापाको छायांकन र विकास दाहालको सम्पादन रहेको गीतको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन् । गायक थापाको आवाजमा एकपछि अर्को गीत सार्वजनिक हुने क्रमले निरन्तरता पाउने सिलसिला चलेको छ ।

प्रतिक्रिया