चाडवाडमा पनि व्यापारी बेखुसी, बजारमा झन् झन् मन्दी

अहिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा घर खाली रहेको पाइन्छ । घरको झ्याल, ढोका वा भित्तामा घरधनीहरूले ‘कोठा खाली’, ‘सटर भाडामा’, ‘टुलेट’, ‘फ्ल्याट खाली’ लगायत लेखेर टाँसेको पाइन्छ । भाडा तिर्न नसकेपछि कतिपय व्यापारीले सटर छोडिरहेको पनि देखिन्छ । बजार झन् झन् मन्दीतर्फ मोडिएको छ । मानिसको चहलपहल ह्वात्तै घटेको छ । कोही गाउँ फर्किए त कोही विदेश पलायन भए । असोजमा दसैँ थियो । सो अवधिमा पनि ५३ हजारभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेको सरकारी तथ्यांक नै छ ।

अनुषा थापा

नेपालीहरूको दोस्रो ठुलो चाड तिहार आउन पनि केही दिन मात्र बाँकी छ । तिहार आए पनि व्यापारीहरू खुसी देखिएका छैनन् । अधिकांश व्यापारी भन्छन्, ‘दसैँमा त व्यापार भएन । तिहारमा झन् के नै होला ।’ दसैँमा आफ्नो गाउँघर गएका कतिपय अझै पनि फर्किएका छैनन् ।

सायद कतिपय त नफर्किन पनि सक्छन् । किनकी फर्किएर पनि कसरी जीविकोपार्जन धान्नु ? अहिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा घर खाली रहेको पाइन्छ । घरको झ्याल, ढोका वा भित्तामा घरधनीहरूले ‘कोठा खाली’, ‘सटर भाडामा’, ‘टुलेट’, ‘फ्ल्याट खाली’ लगायत लेखेर टाँसेको पाइन्छ । भाडा तिर्न नसकेपछि कतिपय व्यापारीले सटर छोडिरहेको पनि देखिन्छ । बजार झन् झन् मन्दीतर्फ मोडिएको छ । मानिसको चहलपहल ह्वात्तै घटेको छ । कोही गाउँ फर्किए त कोही विदेश पलायन भए । असोजमा दसैँ थियो । सो अवधिमा पनि ५३ हजारभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेको सरकारी तथ्यांक नै छ । कात्तिक ६ गते सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९०० पुग्यो ।

सुनको मूल्य बढेको बढ्यै छ, तर सुन पसलमा किन्ने कोही छैन । बेच्नेको मात्र भिड देखिन्छ । यता, व्यापारीहरू सुन किन्दैनन् । बरु १ तोला सुन राखेर ५० हजार ऋण दिन्छन् । त्यो पनि मासिक ३६ प्रतिशत ब्याजदरमा । कर्जा तिर्न ३ महिनाको समय दिइन्छ । अनि सो अवधिभित्र कर्जा चुक्ता नगरे ५० हजारमा १ तोला सुन पचाउँछन् । यस्तै, कपडा पसल, ब्युटी पार्लर, होटल, रेस्टुरेन्टहरूमा पनि १ जना ग्राहक देखिदैँनन् । हार्डवेयरको व्यवसायमा पनि मन्दी आएको छ । फलाम, डन्डी, सिमेन्टको किनबेच ठप्प भएको छ ।

सार्वजनिक ठाउँहरूमा मिटरब्याजमा ऋण लिने–दिनेहरू यत्तिकै भेटिन्छन् । चौतारा, पार्कमा बस्दा अधिकांशले मिटरब्याजमा ऋण मागिरहेको सुनिन्छ । यसरी ऋण दिँदा १ लाखकै मासिक ५ हजारदेखि ३० हजार ब्याज लिइन्छ । पहिल्यै ब्याज काटिन्छ । कर्जा तिर्न १ महिनादेखि ३ महिनाको समय दिएको हुन्छ । र, सो अवधिभित्र ऋण फिर्ता नगरेमा गुन्डा लगाएर उठाइन्छ । यति गर्दा पनि नसके चेक बाउन्स मुद्दामा ऋणीलाई जेल हालिन्छ ।

अहिले अधिकांश सहकारी, लघुवित्त, फाइनान्सको बोर्ड हटाइएको पाइन्छ । बोर्ड राख्दा आक्रोशित पीडित बचतकर्ताले तोडफोड वा आगलागी गर्न सक्ने डरले घरधनी आफैँले बोर्ड हटाएका हुन् । उनीहरूले बोर्ड फेरि राख्न दिएका छैनन् । सहकारी, लघुवित्त, फाइनान्स ठग, चोर हुन् भनेर अहिले सबैजसोले थाहा पाएका छन् । यी संस्था भागिसकेका छन् । त्यो पनि करोडौँ बचतकर्ताको खर्बौं रकम लिएर । यता, बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको छ । बैंकमा समस्या देखिसक्यो । त्यसैले त बैंकहरू धमाधम आफ्ना शाखा कार्यालय बन्द गरिरहेका छन् । तर, यो कुरा बाहिरिन भने दिइएको छैन । केही वर्षयता घरजग्गा, गाडीमा व्यापक मन्दी छ ।

सेयरमा त जहिल्यै दलालीले चलखेल गरेर सर्वसाधारण डुबाउँदै आइरहेका छन् । अहिले मालपोत र यातायात कार्यालयमा सेवाग्राही नै भेटिँदैन । सेवाग्राहीको भिडले थेगिनसक्नु हुने यी कार्यालयमा अचेल चहलपहल नै छैन । घरजग्गा कारोबार गर्ने दलाली, बिचौलिया, लेखनदासहरूको उठीबास भएको छ ।

घरजग्गा कारोबारमा मन्दी आउनासाथ उनीहरूलाई जीविकोपार्जन गर्न कठिनाइ भएको छ । अधिकांश त चिया खानेसमेत पैसा नभएको बताउँछन् । गाडी र सेयरमा पनि उस्तै छ । गाडीको किनबेच ठप्प छ । सेयरमा भने दलालहरूको चलखेल कायमै छ । अहिले भाटभटेनी, सुपरमार्केट, बिग मार्टमा आमनागरिक जान छोडेका छन् । एकातिर यहाँको सामान महँगो अर्कोतिर गुणस्तरहीन, कम तौल, म्याद सकिएको । यसैले पनि यी ठाउँमा सर्वसाधारण जाँदैनन् । निजी संघसंस्था, होटल, रेस्टुरेन्ट, फर्म, पसल वा घरायसी काम गर्नेहरूले मासिक ३ हजारदेखि १० हजार तलबमा काम गर्छन् । बिडम्वना, उनीहरूले यही तलब पनि वर्षौंदेखि पाएका छैनन् ।

यता, घरधनीहरू चोकचोकमा डेरामा बस्ने खोज्दै हिँडेको भेटिन्छ । उनीहरू चिनजान भएका पसलहरूलाई भन्छन्, ‘कोही डेरामा बस्ने आएमा मेरो घरमा ल्याइदिनु ।’ भाडामा बसिरहेकाले पनि भाडा नतिरेको गुनासो अधिकांश घरधनीहरू गर्छन् । डेराबहाल भने कि, हामीलाई भाडा तिरेको बिल देओ, कि वडा, नगरपालिकामा जाऔँ । नभए हामी भाडा तिर्दैनौँ भन्छन् ।

घरधनीहरूले आफूहरूलाई ठगेको र राज्यलाई राजस्व छलेको कुरा भाडामा बस्नेहरूले थाहा पाए । हुन त घरधनीहरूले डेराबहाललाई ठग्नु ठगेका छन् । एउटा अध्याँरो सानो कोठाको मासिक भाडा ५ हजारदेखि २० हजारसम्म असुलिन्छ । १ फ्ल्याटको ३५ हजारदेखि ३ लाख र एउटा सटरको २५ हजारदेखि १९ लाखसम्म भाडा घरधनीहरूले उठाउँदै आएका छन् । खाली सटर त २० देखि ५०–६० लाखमा किनबेच गरिन्छ । घरधनीहरूले डेराबहालसँग यत्रो भाडा उठाए पनि वडा कार्यालयमा भने आफ्नो घर महिनौँदेखि खाली रहेको, सित्तैमा आफन्त बसिरहेको वा सस्तो भाडामा लगाएको भनेर कर छल्दै आएका छन् ।

यद्यपि, यो कुरा डेराबहालले थाहा पाउनासाथ उनीहरू घरधनीविरुद्ध उभिएका हुन् । अर्को कुरा चर्को भाडा लिए पनि डेराबहाललाई सेवासुविधा भने केही नदिने । पानी न कपडा सुकाउने ठाउँ । पानी नदिए पनि पैसा भने दोब्बर लिने । बिजुली, फोहोर, इन्टरनेटको पनि जथाभावी पैसा असुल्ने । घरधनीहरूको अत्याचारविरुद्ध डेराबहालहरू खरो रूपमा उत्रिन लागेका छन् । बजारमा अधिकांश भन्छन्, ‘घरधनीलाई भाडा नतिरौँ । तिर्नै परे वडा, नगरपालिकामा जाऔँ ।’ अब सरकारले पनि कोठा, सटर र फ्ल्याटको भाडा निर्धारण गरिदिनु पर्यो । सँगै भाडामा बस्नेले पाउने सेवासुविधा पनि तोकिदिनुपर्यो ।

अहिले घरधनीहरूले भूकम्पले चर्काएका वा भत्किन लागेका घर पनि चर्को मूल्यमा भाडामा लगाएका छन् । त्यसैले, अब सरकारले यो रोकिदिनुपर्यो । घरको वर्गीकरण गर्नुपर्यो । साथै, चर्किएका वा भत्किन लागेका घर भाडामा लगाउन रोक लगाउनुपर्यो । डेराबहालहरू घरधनीले मागेजति पैसा तिरेर भाडामा बसेका हुन् । अनि घरधनीहरू भने जस्तो पनि घर भाडामा लगाएर उनीहरूको जीवनमाथि खेल गरिरहेका छन् ।

अब सरकारले चर्किएका, भत्किन लागेका घरहरू भाडामा लगाउने घरधनीहरूलाई कारबाही गर्नुपर्छ । कानुनमा पैसा लिएपछि बिल अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था छ । तर, घरधनीहरू डेराबहालसँग चर्को भाडा उठाउँछन्, बिल नै दिँदैनन् । अनि राज्यलाई तिर्नुपर्ने १० प्रतिशत घरबहाल कर पनि तिर्दैनन् । पछिल्लो समय घरधनीहरूको निद्रा र भोक नै हराएको छ । एकातिर घर खाली हुदैँ गएको छ भने अर्कोतिर बसिरहेका डेराबहालले पनि भाडा तिर्दैनन् । अधिकांश घरधनीहरूले घर भाडामा लगाएर आएकै पैसाले जीविकोपार्जन गर्दै आएका छन् । तर, घर खाली भएपछि वा डेराबहालले भाडा नै नतिरेपछि के गर्ने ?

पैसा नदिई पसलेले सामान दिँदैन । अनि पैसा घरधनीसँग छैन । फेरि इँटा, ढुंगा, बालुवा, सिमेन्ट त खान पनि मिल्दैन । यति मात्र नभई घर बैंकको नाममा छ । बैंकको साँवा व्याज तिर्नसमेत पैसा छैन । घर बेचेर ऋण तिर्न बिक्री हुँदैन । ४ वर्षअघि ३ करोडमा बिक्री हुने घर अहिले त्यसको आधा मूल्यमा समेत बिक्दैन । जसका कारण घरधनीहरू तनावमा छन् । उता, घरधनीले किस्ता तिर्न नसक्दा यसको असर बैंकमा पनि परेको छ । बैंकको लगानी घरजग्गा, गाडी र सेयरमा छ भनेर सबैलाई थाहा छ ।

फेरि यही क्षेत्रमा मन्दी छ । यसैले, सहकारीजस्तै अब बैंक पनि छिट्टै डुब्ने देखिएको छ । सरकार अझै पनि अर्थतन्त्र र बैंक ठिकठाक छ भनेर ढाँटिरहन्छ कि सत्य कुरा बताएर सर्वसाधारणलाई डुब्नबाट जोगाउँछ ? अब यो हेर्न बाँकी छ ।

प्रतिक्रिया