नेपालमा क्यान्सर रोगका लागि मुस्किलले सरकारी र सामुदायिकतर्फ ५ देखि ७ वटा अस्पताल छन् तर त्यसको बेथिति बेग्लै छ । निजी क्षेत्रतर्फ कुरा गर्दा अहिले संख्या बढ्दो छ । म संख्यातिर जान चाहन्न । एक चिकित्सकको नाताले म यसको गुणस्तर हेर्छु । आज कुनै एउटा गैरसरकारी क्यान्सर अस्पतालको कुरा गर्ने हो भने मानौँ त्यो क्यान्सरको बिरामीको लागि नाम संकलन गर्ने थलो मात्र होे । त्यहाँ स्कृनिङ्को नाममा प्रोर्टफोलियो तयार गरिन्छ अनि विभिन्न बाहाना देखाई रिफर गरिन्छ सुविधा सम्पन्न निजी क्यान्सर अस्पतालमा ।
म बाँच्छु यो आत्मविश्वास हो । म मर्नेछु यो ध्रुव सत्य हो । यथार्थलाई आत्मसात गर्यौँ भने हामी जन्म र मृत्युको बीच कालखण्डका पात्र मात्र हौँ ।
माथिको व्याख्याहरू मेरो यो लेखको मात्र संवाहक हुन् । यथार्थ बेग्लै छन् । मानवको मृत्यु निश्चित छ, यसका कारण अनन्त छन् । यस्तै अनन्त मध्य एक हो, क्यान्सर । यसको नाम नै भयावहका रूपमा लिने गरिन्छ ।
संसारमै यसको प्रकोप उल्लेखनीय छ । म मेरो कुरालाई नेपालमा सीमित गर्न चाहन्छु । नेपालमा नसर्ने रोगका कारण हुने मृत्यु हुनमा तेस्रो पंक्तिमा आउँछ, क्यान्सर । बर्सेनि हजारौँ, लाखौँको मृत्यु हुन्छ । यो मृत्यु मात्रले यसलाई विकराल बनाएको होइन । यसले शारीरिकसहित एक मानिसको मात्र होइन सम्पूर्ण परिवारको मानसिक आर्थिक एवं सामाजिक अस्तित्वलाई धरासाही पार्दछ ।
नेपालमा क्यान्सर रोगका लागि मुस्किलले सरकारी र सामुदायिकतर्फ ५ देखि ७ वटा अस्पताल छन् तर त्यसको बेथिति बेग्लै छ । निजी क्षेत्रतर्फ कुरा गर्दा अहिले संख्या बढ्दो छ । म संख्यातिर जान चाहन्न । एक चिकित्सकको नाताले म यसको गुणस्तर हेर्छु । आज कुनै एउटा गैरसरकारी क्यान्सर अस्पतालको कुरा गर्ने हो भने मानौँ त्यो क्यान्सरको बिरामीको लागि नाम संकलन गर्ने थलो मात्र होे । त्यहाँ स्कृनिङ्को नाममा प्रोर्टफोलियो तयार गरिन्छ अनि विभिन्न बाहाना देखाई रिफर गरिन्छ सुविधा सम्पन्न निजी क्यान्सर अस्पतामा । यो सतही कुरा हो । यसको विस्तृत कुरा बेग्लै छ । सास रहेसम्म आश हुन्छ यो मानवको प्रकृति हो । यहि प्रवृत्तिले डर अंकुरित हुन्छ । धेरै टाढा जानुपर्दैन । यो बेथितिको उदाहरण मैसँग भएको छ ।
मेरी हजुरआमालाई सेरभिकल क्यान्सर भएको थियो, जुन नेपालमा महिलालाई हुने पहिलो नवरसा आऊँ । भक्तपुर क्यान्सर अस्पताल (नेपाल सरकारको स्वामित्व) ले रेडिएसनजस्तो प्रारम्भिक उपचार पद्धतीसमेत गर्न सकेन । त्यसको जवाफदेहिता कसको हो ? मेरो मामाको घाँटीमा भएको क्यान्सरलाई उपचारका लागि भक्तपुरमै भएको निजी क्यान्सर अस्पतालमा रिफर गरियो । त्यही सरकारी अस्पतालको चिकित्सक जो निजी अस्पतालमा पनि सेवा दिइरहेका छन् । यी अराजकता दुई उदाहरण मात्र हुन, जुन मैले प्रत्यक्ष भोगेको । वाकीको विकराल रूप बेग्लै ।
यी भए अहिले संस्था, चिकित्सक, बिरामी, परिवार र समग्रमा समाजका मानसिकताहरू । यो बेथिति के ले ? सुरुबाट सुरु गरौँ । नेपालमा सम्पन्न वर्ग भनाउँदा आफ्नो उपचार गर्न विदेश जान्छन, अझ यो रोगको लागि विशेष, मुख्य कारण दुई छन, यहाँ राम्रो उपचार हुँदैन, दोस्रो समय सीमा । नेपाल सरकारले बिमा नीति लिएर आयो, यो सराहनीय छ तर यसको उपयोगिता कति ? सरकारी अस्पतालले रिफर गरिदिए र आफ्नै निजी अस्पतालमा पढाउने अनि वार्षिक ३ हजार ५०० रुपैयाँ तिरेर १ लाखकोको सुविधा लिनलाई महिनाँै कुर्नुपर्ने ? के यो सान्दर्भीक छ ?
नेपालमा क्यान्सरका लागि धेरै सामाजिक संस्थाहरू स्थापित भएका छन ।
नेपाल क्यान्सर निवारण सोसाइटी, अर्बुद रोग निवारण समाज र यस्ता कति होलान् भएको ? केही छ त ? प्रश्न गम्भीर छ ? तर त्यो राजनीतिक भर्तीका लागि एउटा गन्तव्यबाहेक केही होइन् । अब यो एउटा स्थितिमा आमनेपाली जनताले के गर्ने र कसलाई गुहार्ने । नाम नै तोकौँ भने प्रतिष्ठित भएर बसेको चिकित्सकहरू नांगिन्छन, यो सबै चिकित्सकहरूमा लागू हुँदैन, तर हाम्रो समाजको विडम्बना नै भएको छ अहिले । यसमा दोष हाम्रो समाजको मानसिकता र सरकारको उदासीनता प्रमुख रहेको छ । अर्बौंको बजेट ल्याइन्छ तर बालुुवामा पानी । यसलाई सही गर्न सरकारको प्रत्यक्ष निगरानी जरुरी छ ।
क्यान्सर रोगलाई निवारण या भनौँ प्रकोपको रूपमा नफैलाउन जनचेतना र यससम्बन्धी कार्यविधि अपनाउन जरुरी छ । राजनेताहरूले नै उदाहरण स्वरूप नेपालमा नै आफ्नो उपचार गर्ने बानी बसाल्नुपर्छ । अर्कोतर्फ नेपाली जनतालाई यसको प्रत्याभूति दिन जरुरी छ । म कर्म गर्ने व्यक्ति, संसारलाई आफ्नै चस्माले हेर्न सक्तिन । तर, यो बेथितिलाई उजागर गर्न जरुरी छ । आफ्नै कर्मथलो ख्वप अस्पताल मानव सेवाका लागि ३० रुपैयाँमा बेसिक अनि ८० रुपैयाँको कन्सल्टेन्ट सेवा दिएको देख्छु अनि आफ्नो साथीभाइहरूले लाखौँ करोडाँै खर्च गरेर स्वास्थ्य लाभ लिएका दृष्टान्तहरू धेरै सुन्छु ।
व्यवस्थाभन्दा माथि हुन्छ कर्म । हरेकले यो नबुझ्नुहुन्छ भने असम्भव केही पनि छैन । कर्म गर धर्म आफैँ प्राप्त हुन्छ । दृष्टान्त दिने मात्र हो, हजारौँ, लाखौँ त्यसमा समाहित हुन्छन् । ‘एक थुक सुकी, सय थुकी खोला’, हारको मानसिकताभन्दा माथि उठनुपर्छ, हामी सबै जनमानसले विशेष गरी, मेडिकल पर्सनहरूले । यो समाजको बेथिति नै रहेको छ । स्वास्थ्य कहिलेसम्म जनताले यसको बोझ तिर्ने ? लिए पनि हामी जनताले कहिले प्रत्याभूति गर्ने, हामी एक अव्यवस्थित स्वास्थ्य प्रणालीमा छौँ, सायद ।
प्रतिक्रिया