एमाले नेतृको दुर्दशा र दूरदृष्टि

हामी पनि २०३६ सालदेखि पार्टीमा लागेका हौँ । खासै अवसर नपाए पनि पार्टीविरुद्ध र नेतृत्वविरुद्ध बोल्दैनौँ । अझ पार्टीले ८४ सालमा बहुमत ल्याउने गरी पूर्वतयारी गरेकामा त विरोधमा चुइक्क बोलिन्न । विगत कालमा ओली सरकार बाह्य शक्तिको आदेश र निर्देशमा हटाएको परिणामले थाहा भयो । घरमा नै सूचना प्राप्त हुने हुनाले मैले थाहा पाएकी हुँ । तपाईंहरू पत्रपत्रिका त पढ्नुहुन्छ नै होला । घरमा कान्तिपुर पत्रिकामा प्रा. कृष्ण खनालको लेख पढेर थाहा पाएकी हुँ ।

मिथिला पोखरेल

भाटभेटनी सुपर मार्केटका मालिक तथा प्रसिद्ध उद्यमी मीनबहादृुर गुरुङ प्रकरण एमालेमा अहिले पनि चर्चामा रहेको छ । यस विषयमा एमालेका महिला नेतृहरू उर्मिला अर्याल, बिन्दा पाण्डे र उषाकिरण तिमसिनाका विचारहरू व्यक्त भए । पाण्डे र तिमसिनाका अभिव्यक्तिहरूबाट महिला नेतृहरूको दुर्दशा देखिन्छ । पाण्डेका बारेमा त मैले लेख नै लेखिसकेँ । पाण्डेभन्दा ३ बित्ता उफ्रेर पार्टी अनुशासन विपरीत अराजक भन्न मिल्ने तिमसिनाको कात्तिक ४ एक अन्तर्वार्ता सुनियो । उक्त वार्ता कान्तिपुर हेडलाइनरबाट प्रसारित भएको थियो । तिमसिना त पार्टीले अघिसारेको मिसन ८४ विरुद्ध पनि बोल्दै थिइन् ।

उनले पार्टीले महान् लक्ष लिनु हुँदैन । पार्टीलाई सबल र सशक्त बनाउन खोज्नु गलत हो । आगामी बहुमतको सरकार बनाउने लक्ष्यप्रति नै गुनासोजस्तो लाग्ने कुरा गर्दै थिइन् । एमाले नै एउटा आशा र भरोसाको एक मात्र पार्टी हो । यस पार्टीका विरुद्ध चौतर्फी दुष्प्रचार भइरहेको बेला घरभित्रकै जिम्मेवार सदस्य मिडिया बाजीमा रमाउन थालेपछि के हुन्छ ? घर मिलाउन नसक्नेले देश सम्हाल्न सक्तैन भन्ने सन्देश जान्छ । यति कुरा पनि बुझिँदैन कि क्या हो ।

यो विषय लगायत पार्टी र ओलीका बारेमा पद्मा अर्यालले ऋषि धमलासितको अन्तर्वार्तामा सबिस्तार उल्लेख गर्नुभयो । अर्यालका अनुसार एमाले पार्टीलाई समाप्त पार्ने योजना पहिले पनि बुनिएको थियो । अहिले पनि यस्तै खालको दुष्प्रचार सुरु भएको छ, पार्टी भित्रैका धन्धुकारीले ओलीलाई साधारण सदस्यसम्म बाट हटाएका होइनन् । ओली कमरेडका कमजोरी भए हिजै वहाँलाई बाँकी राख्थे होलान् । उहाँले हिजो अस्तिका सरकारले एमाले र अझ ओलीकै कमीकमजोरी पाइन्छ कि भनेर दिउँसै लाल्टिन बालेर धुइधुइती खोजेका थिए तर केही नपाएर थच्चिएका हुन् भन्नुभयो अर्यालले ।

उहाँ जस्ता महिला नेतृ दूरदर्शी हुन् । तर स्यालहुइयाँका पछि लागेर र त्यसैलाई पत्याएर हिँड्न हुँदैन । कागले कान लग्यो भनेकै भरमा कान नछामी गुडुडु दौडिनु हुन्न । मीनबहादुर गुरुङको टिभी अन्तर्वार्ता सुन्नुहोला । ठूलो मान्छे कामले हुन्छ, विचार व्यवहारले हुन्छ पदले मात्र भइन्न । पार्टी अध्यक्ष ओलीका पछाडि दायाँबायाँ खुब सिाँगरिएर टेलभिजनमा देखिन बसेका महिला नेतृ देख्दा आफलाजले भुतुक्क हुन्छु । थुतुनु मात्र सिँगारेर हुँदैन बुद्धि, चेत र चिन्तनचाहिँ सिँगारिनु पर्छ । लेख लेखेर परिचित हुनेभन्दा नेताका इर्दगिर्द बसेर फेसबुकमा नेताको जन्मोत्सवमा बधाई दिएर मात्र दिन जाने भयो कि जस्तो पनि लाग्छ । यस्ता चेपारे दोचारे माया आफूलाई मन पर्दैन । यस्ता मायालु पार्टी सिद्धान्त र विचारका मायालु हुँदैनन् भन्ने कुरा पार्टी नेतृत्वले बेलैमा बुझ्नुपर्छ । नत्र यस्तै सतही हुलले पार्टी थला पर्छ ।

तिमसिनाजीको पत्रकारसितको संवाद सुन्दा प्रभावकारी जस्तै लाग्यो तर सारमा तपार्इं पूरै पार्टीविरुद्ध देखिनुभयो । लामै लगानीबाट केन्द्रीय सदस्य हुनुभएको होला । हामी पनि २०३६ सालदेखि पार्टीमा लागेका हौँ । खासै अवसर नपाए पनि पार्टीविरुद्ध र नेतृत्वविरुद्ध बोल्दैनौँ । अझ पार्टीले २०८४ सालमा बहुमत ल्याउने गरी पूर्वतयारी गरेकामा त विरोधमा चुइक्क बोलिन्न । विगत कालमा ओली सरकार बाह्य शक्तिको आदेश र निर्देशमा हटाएको परिणामले थाहा भयो । घरमा नै सूचना प्राप्त हुने हुनाले मैले थाहा पाएकी हुँ । तपाईंहरू पत्रपत्रिका त पढ्नुहुन्छ नै होला । घरमा कान्तिपुर पत्रिकामा प्रा. कृष्ण खनालको लेख पढेर थाहा पाएकी हुँ ।

कुन कुन अनलाइन र अखबार पढ्नुहुन्छ । कतै कुनै लेखमा र टिप्पणीमा लाइक गरेको अहिलेसम्म सुनेकी रहिनछु । डा.पोखरेलका अनुसार पठन संस्कृति अत्यधिक महिलाहरूमा रित्तै छ । मलाई पनि यो कुरा होलाजस्तो लाग्छ । त्यसैले सही सूचना लिनु दिनुपर्छ । जहिले पनि जुन विषयमा पनि हतारहतार मिडियाबाजी गर्नु हुन्न । पार्टी र नेतृत्वका कमजोरी हुनसक्छन् र छन् पनि तिनलाई सुधार्न सच्याउन सुझाव आलोचना गर्नुपर्छ । त्यसको पनि ठाउँ हुन्छ । भुइँ तहकै कार्यकर्ता भए पनि यति जानकारी हामीलाई छ । एमाले पार्टी र ओलीलाई सिध्याउन प्रचण्ड लागिपरेको थाहा पाउनु भएनछ ।

माकुने गौतम, झलनाथसित मिलेर प्रचण्डले ओली कमरेडलाई सोधिएको १० बुँदे स्पष्टीकरणको प्रतिउत्तर पढ्नुहोला । मलाई लाग्छ तपाईंहरूले पढेजस्तो लागेन । त्यस प्रतिउत्तरमा ओलीले आफूलाई नै सिध्याउन खोजेको खालको विचार व्यक्त गर्नुभएको छ । यस्ता विषय आफ्नै घरमा नै छलफलका विषय हुनाले पनि मैले थाहा पाएकी हुँ । त्यसैले म पाण्डे र तिमसिनालाई मेरो गम्भीर प्रश्न छ र यसको जवाफ उनीहरूसित छैन । के घरका वादविवाद र असझदारी हतारहतारमा चौरस्तामा छर्नुहुन्छ ? लोग्नेस्वास्नीका बीच पनि ठाकठुक हुन्छ । यही विषयलाई बजारभरि माइक लगाएर प्रचार गर्न हुन्छ ? आफ्नै आङ कन्याएर छारो उडाउन सुहाउँछ ? मातहत नेता र कार्यकर्तालाई अनुशासन सिकाउनुपर्ने नेता आफैँ सारी उचालेर सडकमा उफ्रिन सुहाउँछ ?

हुँदाहुँदा पार्टीले स्पष्टीकरण सोधेको विषय पाण्डे र तिमसिना कसले हो मिडियाबाजी गरेर बबाल गरेको पनि आजै थाहा भयो । ऋषि धमलाले उर्मिला अर्यालसितको अन्तवार्तामा खुलस्त गरेका थिए । तिमसिनालाई त नेका र एमालेबीच सहमतिमा सरकार बनेकामा पनि मन परेको रहेनछ । सबै कुरा सबैलाई मन पर्नेपर्छ भन्ने छ र ? यसबाट तिमसिनाको वैचारिक सुझबुझ कति रहेछ भन्ने थाहा हुन्छ । उनले कम्युनिस्ट कम्युनिस्ट मिल्नुपथ्र्यो भन्न खोजेको होला तर यो उनको भ्रम मात्र हो । तत्कालीन प्रम प्रचण्डले कथित जनयुद्धको महिमा मण्डन गरेका थिए । त्यही धङधङीमा रमाउन खोज्दै थिए । प्रचण्डले संयुक्त सरकारमा सामेल एमालेलाई पूरै उपेक्षा गरेर सरकार चलाएको पनि उनलाई थाहा रहेनछ । त्यसमा पनि देशको जग नै हल्लाउने गरी प्रचण्डले देशलाई उथलपुथल पार्न खोजेका थिए । प्रचण्ड त भारतविरुद्ध केही पनि र कुनै पनि काम गर्दिनँ भनेर तमसुक गरेका नेता हुन् । पुर्खाले भनेझैँ गुहु पुछेको टालो काम लाग्छ कि भन्दै आवरणमा कम्य्ुनिस्ट पनि भएकाले कतै सुधार आउँछ कि भनेर एमाले र ओलीले बारबार प्रचण्डलाई सुध्रिने मौका दिएको हो ।, प्रचण्ड र माकुने कम्युनिस्टको मुखुण्डो भिरेका पात्र हुन् । यति कुरा लेखेर राख्नुहोला ।

एमाले र नेकाको यो सरकार बाध्यताबस बनेको हो । यति कुरा बुझ्नुपर्छ । नेकालाई उसको पार्टीकी वरिष्ठ नेतृलाई नक्कली भुटानी प्रकरणको बात लाग्यो । यता एमालेलाई प्रचण्ड घाँडो भएको अवस्था थियो । एमालेलाई देशलाई सकेसम्म संकटबाट बचाउनुथियो । र मौकाले सरकारको नेतृत्व लिनप¥यो । एमालेले नेकाका सबै दोष र अपराध बोक्तैन र नेकाले पनि सधैँ एमालेलाई साथ लिँदैन । अपराध गरेको छ र त्यो प्रमाणित पनि छ भने १० वर्षपछि पनि सजाय हुन्छ । गोविन्दराज जोशी १० वर्षपछि जेल गए । त्यसैले आरजु देउपा आदिका कारण एमाले नेकासित मिलेर सरकार बनाउनु हुन्थेन भन्ने कुरा हो भने यो बिनाबुझे रोइलो हो । ससाना लालाबाला र बालबच्चा छाडेर एक जोई वा पोई घर छाडेर हिँड्यो भने घर बचाउन तिनलाई घरमा हुल्नुपर्ने अवस्था आइपर्छ ।

यो सरकार यस्तै अभर र अक्करमा बनेको हो । यति बुझ्नुहोला । देश रह्यो अपराधीले ढिलो चाँडो सजाय पाइहाल्छ नि । एमाले र ओली विरुद्ध पाँडेगाली गर्न कतिपय मिडियामा ठूलो लगानी भइरहेको स्पष्ट हुन्छ । तर, सबै त्यस्ता भने होइनन् । राम्रो केही नदेख्ने नराम्रै मात्र बखान गर्ने चरित्र विरोधीको त छँदै छ तर आफ्नै विरोधी भएपछि समस्या गम्भीर बन्छ ।

एमाले र ओलीजस्तो पार्टी र नेतृत्व पाउँदा खुसी हुनुपर्ने हो । यसमा गौरव गर्नुपर्ने हो । ९ महिने सरकार र ओली सरकारले जस्तो कुनै सरकार प्रधानमन्त्रीले देश र जनताका लागि काम गरेको देखेको छ बिन्दा र उषाकिरणले ? तिम्सिनालाई ओली सरकारले गरेका यावत् कामहरू थाहा छैनजस्तो लाग्यो । अहिले ओली नेतृत्वको सरकारले ३ महिनाका अवधिमा गरेका कामहरू त थाहा हुनैपर्ने हो त र टिआरसी विधेयक कहिलेदेखि थनिकएको थियो थाहा छ । अहिले नै उक्त विधेयक पारित भएको त थाहा होला नि । विगत कालमा नै ओली सरकारलाई दबाब र प्रभावमा नहटाएको भए देशको अवस्था यस्तै हुन्थ्यो ? उतिबेलाका कामहरू हेरेर पनि ओली सरकार रहिरहेको भए देशले एक स्टेप अगाडि बढ्ने निश्चित थियो ।

प्रतिक्रिया