स्वार्थको बीचमा निस्वार्थता खोज्नु नै जीवन

अहिले पनि संसारमा कार्लमाक्र्सले भनेका कुरा उनका अनुयीहरुले ठिक सँग बुझेका छैनन् । उनको सिद्धान्तको सार तत्व भनेकै ‘श्रम सम्पत्ति र सत्ताको सन्तुलन’ हो । यहि सार तत्व नबुझ्दा हिजोका क्रान्तिकारी नेता सत्तामा पुगेर जनताका स्वार्थ, दुःखी गरिवका स्वार्थ त्यागेर आफ्नो नीजि स्वार्थमा चल्न थालिसक्दा पनि उनका कार्याकर्ताले थाहा पाउँदैनन् र त्यसैलाई पुजिरहन्छन् । भनाईमा कम्युनिष्ट शव्द र माक्र्सको नाम लिन भने छोडेका हुदैनन् ।

कृष्ण बोहरा

मानिस जन्मदै स्वार्थी हुन्छ । जन्मिदै बाच्नको लागि संघर्ष गर्ने सीप प्रकृतिबाटै प्राप्त गरेको हुन्छ । यसैले उ आमाले दुध नदिएसम्म रुन्छ । बाँच्नका लागि । जिबीको पार्जनका लागि पनि मानिससँग स्वार्थ त हुन्छ नै । यही जीविको पार्जनका लागि मानिस ठूलो हुदै जादा अनेक दुःख र मेहनत पनि गर्दछ । जिविको पार्जजनको लागि र बाँच्नको लागि गरिने यस्तो किसिमको स्वार्थ स्वभाविक र सकारात्मक छ । यस्तो स्वार्थलाई हामी सकारात्मक स्वार्थको रुपमा नामाकरण गर्न सक्छौं ।

मानिसले अरुलाई दुःख दिएर अरुको मेहनतको कमाई खोसेर पनि आफ्नो जीबिको पार्जन गरिरहेको पाईन्छ । जीबिको पार्जन मात्र हैन मष्तिको जीवन जीउन र धन थुपार्ने उद्देश्यका साथ जसले अरुलाई प्रयोग गरिरहेको हुन्छ, त्यो चाहिँ स्वार्थको नकारात्मक रुप हो । वास्तबमा स्वार्थी भनेर यस्तो चरित्रलाई ईंगित गरिएको हो ।

मानिसहरु स्वार्थ भन्ने बित्तिकै नकारात्मक स्वार्थ मात्र बुझ्छन । किनकी प्रत्येकका स्वार्थले अरुको स्वार्थमा अतिक्रमण गर्न खोज्ने जुन प्रबृत्ति छ त्यसले मानिसलाई झस्काइ रहन्छ । अरुले आफ्नो स्वार्थमा बाधा पार्छ कि, भन्ने त्रास सबैलाई हुन्छ । आफ्नो स्वार्थले अरुलाई बाधा पर्छ कि भन्ने चाहि वास्तवमा प्रत्येक मानिसले होसियारी हुनुपर्ने हो । त्यो कमै मानिसलाई मात्र हुने गर्दछ । यसैले दुःखको कारण नै यहि बन्दै आएको छ । जो अरुको स्वार्थको लागि दुःखी गरिब र बोल्न नसक्नेहरुको आवाज बन्दै आफु दिन रात लागिरहेका हुन्छन, तिनीहरु नै संसारमा माहापूरुष कहलिन्छन । माहात्म बुद्ध एउटा उदाहरण हुन । माक्र्स पनि यस्तै एउटा माहापूरुष हुन ।

आजकल तलदेखि माथिसम्म स्वार्थका छासमिसे रुप जताततै देख्न सकिन्छ । स्वार्थका नकारात्मक रुप पाइलै पिच्छे भेटिन्छन । यसले हामीलाई निकै जटिल अवस्था श्रृजना गरेको छ । कुन चाहि सकारात्मक हो कुन चाहि नकारात्मक ? छुटयाउन गा¥हो छ । नकारात्मक स्वार्थहरुको बाहुल्यता बढेकाले स्वार्थहरुको बीचमा निस्वार्थताको अंस खोज्दै हिंड्नु परेको छ । सबैले भन्ने गर्दछन, निस्वार्थ हुनुपर्छ तर जताततै स्वार्थै स्वार्थ छ । तैपनि मानिसहरु सबैले निस्वार्थता खोजिरहेकै हुन्छन । यसैले स्वार्थहरुको बीचमा निस्वार्थता खोज्नु नै जीवन हो ।

स्वार्थ अनेक रुपले अभिब्यक्त हुन्छन । यसमा जबरजस्ती हुन्छ । लुट नीति हुन्छ । कुट नीति हुन्छ । कडापन हुन्छ । नरमपना हुन्छ । सामिप्यता हुन्छ । चिप्लोपना हुन्छ । खस्रोपना हुन्छ । आँसु पनि झर्छ । हासो पनि देखिन्छ । स्वार्थहरु आपसमा टक्राउँछन र यूद्ध गर्दछन, मेलमिलाप पनि गर्छन । शान्ति चाहेको जस्तो पनि गर्छन । स्वार्थकै कारण कहिले मानिसको उद्धार र कल्याणकारी काम पनि हुन्छ । स्वार्थकै कारण मानव बेचबिखन पनि हुन्छ । कहिले हत्या जस्ता जघन्य घटना पनि हुन जान्छ । स्वार्थ भित्र अनेकौं चिज हुन्छन । यति धेरै व्रmीयापतिव्रmीया हुन्छन की यो गनिसाध्य छैन ।

यसैले मानविय भावना मात्र भएका सर्बसाधारण सधै अलमलिन्छन र ठगिन्छन मात्र । नकारात्मक स्वार्थका अरु पनि अनेक रुप छन । यसको मूख्य उद्देश्य धन सम्पत्ति प्राप्त गर्नु र मोजमस्ती लुट्नु हो । चोर डाकू आदि मध्य कसैले अरुको घरमा प्रबेस गरी सुटुक्क थाहा नपाउने गरी धन सम्पत्ति लिएर जान्छन भने कसैले जबरजस्ती गर्छन र हाका हाकी लिएर जान्छन । मोजमस्तीका लागि स्वार्थ पुर्ती गर्नेहरु पनि हाम्रो समाजमा आजकल बाक्लै भेटिन थाल्यो । यसमध्ये निर्मला पन्तको बलात्कार एक जघन्य अपराध थियो । जसमा बालिकाको हत्या समेत गरियो ।

यसैले मानिसका नकारात्मक स्वार्थहरुलाई नियन्त्रण गर्न बिश्वमा माहापूरुषहरुको पनि जन्म हुदै आएको छ । यसमध्ये बुद्ध दरवारमा जन्मेका ऐस आराममा हुर्केका एक राजाका छोरा राजकुमार थिए । उनले आफु ठूलो हुदै जादा जीवनका अनेक रुप देखे । उनले दुःखी गरिव, बृद्ध र मृत्यूको नजिक पुगेका मानिसहरु देखे । मृत्यूलाई पनि देखे । त्यस समयमा उनका मावलीका हजुरबुवा ठूला भूमिपति थिए । हजार हल गोरुले उनको खेत जोत्ने काम हुन्थ्यो । उनका बुवा राजा शुद्धोधनको ससुरालीसँग केहि वmुरामा द्धेष थियो । राजकुमार सिद्धार्थ गौत्तमलाई जीन्दगीसँग यस्तै अनेक कुराले बिरक्त लागेर आयो । यसैले उनले भर्खर जन्मेको छोरा र श्रीमती छोडेर दरवार त्यागी ज्ञानको खोजीमा हिडे । दरवारको सुखसयल सदाका लागि त्यागी दिए । ज्ञानको खोजी मार्ग जारी राखे । संसारमा मानव मात्रको दुःखको कारण पत्ता लगाउनु उनको मूख्य उद्देश्य थियो ।

आखिर यो ज्ञानको मार्ग उनले पत्ता लगाई छोडे ।
सारांसमा उनले दिएका ज्ञानलाई हामीले यसरी बुझ्नुपर्छ–‘संसारमा दुःख छ । दुःखको कारण छ । दुःख निवारण गर्न सकिन्छ । दुःखलाई निवारण गर्ने उपाय भनेको इच्छा र आशक्तिलाई मार्नु हो ।’यस्ता माहाज्ञानी बुद्धले जीवनमा ज्यादै दुःख पाए । ज्ञानको खोजीको क्रममा पनि उनले हण्डर खाए । ज्ञान प्रचारको समयमा पनि उनले असाध्यै धेरै दुःख पाए । त्यस समयमा आज जस्तो बुद्धका अनुयायीहरु संसारभर थिएनन् । यो ज्ञान सिमित मानिसमा पुर्याउन पनि हम्मे हम्मे परेको थियो । यसैले हामीले के बुझ्नुपर्छ भने सत्य आखिर सत्य नै हो । सुरुमा यसलाई मान्ने मानिस कमै हुन्छन् । सत्य स्थापित हुन समय लाग्छ । अन्तिममा यो सबैको मन मनमा पुजिने खजना बन्छ ।

यस्तै कार्लमाक्र्स पनि जर्मनीमा जन्मेका र हुर्केका मध्यम बर्गिय परिवारको एक बिद्वान थिए । दर्शनमा उनको बिशेष रुची थियो । हेगेलको द्वन्दवाद र फायरबखको भौतिकावादले उनलाई निकै प्रभाव पारेको थियो । यसैलाई बिकसित गर्दै उनले पूँजीपति र मजदुर बर्ग बिचको द्वन्दको बिश्लेषण गरे । यसवाट उनले अतिरिक्त मूल्यको सिद्धान्त लेखे । मजदुरहरुले दुःख पाउनुको मूख्य कारण नै यहि अतिरिक्त पूँजी हो भन्ने पत्ता लगाए । जुन मजदुरको मेहनत पसिनाको कमाई पूजिपतिले अतिरिक्त पुँजीको रुपमा शोषण गरिरहेको हुन्छ ।

उनले मजदुरहरुलाई सचेत र संगठित गराउने प्रयास गरे । समय क्रममा द्वन्दात्मक र ऐतिहासिक भौतिकवादी दर्शन संसारलाई दिए । आज संसार नै पूँजीवादी र समाजवादी आन्दोलनका दुई ध्रुवमा बाडिएको छ । संसार हल्लाउन सक्ने यस्ता मानिसको घरको आर्थिक अवस्था भने नाजुक थियो । सन १८५० को नोवेम्बरमा उनको एक छोराको मृत्यू भयो । छोराको मृत्यूको पिडा सहन गर्ने तागत जुटाउँदै गएका माक्र्सकी एक बर्षकी छोरी फ्रान्सिस्काको पनि १८५२ मा मृत्यू भयो । मृत्यूमा कात्रो किन्ने सम्म पैसा थिएन ।

उनका छिमेकीले यसको व्यबस्था गरेका थिए । दुःखी गरिवहरुको दुःखको कारण पत्ता लगाउने क्रममा नै उनले जीवनको सारा समय खर्चेकाले उनको आर्थिक अवस्था नाजुक हालतमा पुगेको थियो ।
सत्य स्थापित हुन्छ तर स्थापित हुन समय लाग्छ । यो ध्रुव सत्य नियम हो । यसका लागि दुःख र मेहनत गर्न कोही न कोही त तयार हुनै पर्दछ । अहिले पनि संसारमा कार्लमाक्र्सले भनेका वmुरा उनका अनुयीहरुले ठिक सँग बुझेका छैनन् । उनको सिद्धान्तको सार तत्व भनेकै ‘श्रम सम्पत्ति र सत्ताको सन्तुलन’ हो ।

यहि सार तत्व नबुझ्दा हिजोका क्रान्तिकारी नेता सत्तामा पुगेर जनताका स्वार्थ, दुःखी गरिवका स्वार्थ त्यागेर आफ्नो नीजि स्वार्थमा चल्न थालिसक्दा पनि उनका कार्याकर्ताले थाहा पाउँदैनन् र त्यसैलाई पुजिरहन्छन् । भनाईमा कम्युनिष्ट शव्द र माक्र्सको नाम लिन भने छोडेका हुदैनन् । वास्तवमा श्रम सम्पत्ति र सत्ताको सन्तुलन भएमा कुनै पनि सत्ताको दिर्घायु हुन्छ । यो एउटा बिज्ञान संवत चल्ने कुरा हो ।

बुद्ध र माक्र्सका सिद्धान्तको तादम्यता भनेको मानिसहरुको दुःखको अन्त्य गर्नुनै हो । बुद्धले दुःख निवारणको उपायको रुपमा इच्छालाई मार्नु भनेका छन् । यसको आसय पनि आवश्यकता भन्दा बढी र असिमित धन कमाउने इच्छालाई ईंगित गरिएको हो । काम, क्रोध, मोह सबैलाई त्याग्नु भनिएको छ । यसको आसय यही नै हो । माक्र्सले काम गरी खाने मानिसहरुको भलाईका लागि आफ्नो सारा जीवन खर्चे । सिद्धान्तहरु लेखे । मानिसहरुको दुःखका कारण काम गरि खाने र अरुको शोषण गरि खाने दुई बर्गमा मानिस बाडिनु नै हो । शोषण प्रधान व्यबस्थाको अन्त्य गरेपछि संसारमा सबै मानिसहरु सुखी हुन्छन भन्ने नै हो ।

माक्र्सको सिद्धान्तहरुको सार यो हो कि, काम गर्ने श्रमिकको श्रम, उनीहरुको जीबिकाको लागि चाहिने सम्पत्ति र यी दुबैको संरक्षण गर्ने सत्तामा संतुलन हुनुपर्छ भन्ने हो । श्रम सम्पत्ति र सत्ताको सन्तुलन यसको सार हो । यस्तो भयो भने कोही दुःखी हुनुपर्दैन भन्ने हो । यसैले माक्र्स र बुद्धका सार कुरामा आपसमा एकाम्यता छ । यी दुई ब्यक्ति संसारमा मानिस मात्रको नकारात्मक स्वार्थको खिलाफमा जन्मिएका ठूला माहापुरुषहरु हुन ।

प्रतिक्रिया