तृप्ती खड्का र रन खड्काको आवाजमा ‘कृष्ण कन्हैया’ भजन

काठमाडौं । गायिका तृप्ती खड्का गुरुङ र गायक रन खड्काको युगल आवाजमा ‘कृष्ण कन्हैया’ बोलको भजन गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियो भर्खरै ‘रन खड्का बिहानी किरण’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सारेगम स्टुडियोमा रेकर्ड भएको गीतमा शब्द र संगीत गायक रन खड्काकै रहेको छ भने संगीत संयोजन नरेश पाण्डेले गरेका हुन् । युट्युबमा सार्वजनिक भएको उक्त भिडियोमा निर्देशन विजय गुरुङको रहेको छ भने प्रकाश खड्काले छायांकन गरेका छन् ।

त्यसैगरी विजय गुरुङ, मुना खड्का, बाल कलाकार त्रिवि गुरुङ र सागरी गुरुङको भिडियोमा अभिनय रहेको छ । लोकपपदेखि विभिन्न गीतहरुमा आवाज दिँदै आएकी गायिका तृप्ती खड्काले अहिले फेरि विजया दशमी तथा दिपावलीको अवसर पारेर यस गीत ‘कृष्ण कन्हैया’ भजन ल्याएको बताइन् ।

प्रतिक्रिया