काठमाडौं । मातृका भण्डारी (मुना) कला साहित्य र गीतिलेखनमा चर्चाको शिखर चढ्दै अघि बढेकी छन् । पछिल्लो समय साहित्य, कविता तथा गीतीलेखनमा चम्केको नाम हो मातृका भण्डारी (मुना) । मुसुक्क हाँस्ने, नम्र बोल्ने अग्रजलाई सम्मान, आफूभन्दा सानालाई माया गर्ने, दुःखीहरुलाई आफूले सकेको सयोग गर्ने बानीले गर्दा सबैकी प्रिय छन् उनी । ।
विगत ४ दशकभन्दा लामो समयदेखि निरन्तर साहित्य र गीत लेखनमा समय व्यतीत गरेर आफ्नो छुट्टै पहिचान बनाएकी मुना अहिलेको अन्तरालसम्म आफ्नै लेखनमा केही पुस्तकहरु बजारमा आएको बताउँछिन् । आधा दर्जनभन्दा बढी आफ्नै रचना र संगीतमा गीतहरु पनि बजारमा आएको र कति पय गीत आंशिक रुपमा चर्चा कमाएको मातृकाले सुनाइन् ।
उनका अनुसार केही गीतहरु र पुस्तकहरु भने बजारमा आएका छैनन् आउँन बाँकी छन् । मुना भने निरन्तर साहित्य, कविता, र गीत लेखनमा व्यस्त छन् । उनले रचना गरेका कतिपय गीतहरुमा अरु गायकहरुले पनि आवाज दिइसकेका छन् ।
उनी साहित्य तथा गीत लेखन सँगसँगै संगीत पनि गर्ने गर्छिन् भने आफै रचना र आफै संगीत गरेका केही गीतहरुमा आफैले पनि स्वर भरेकी छन् । त्यसैले उनलाई उनी निकटहरु बहुप्रतीभाकी धनि साहित्यकार, कवी, तथा गीतकार भन्ने गर्छन् ।
उनले रचना गरेका सर्वप्रथम छमनका छालहरु’ साहित्य रचना ‘किताब’ बजारमा सार्वजनिक गरिन जसमा एकै पुस्तकमा कविता, गीत, गीतीकथाहरु, शायरी, पारिवारिक कथाहरु, आमाका संघर्षका कथाहरु, साथै विभिन्न समसामयिक लेखहरु एकै पुस्तकमा भएका कारण पनि उक्त किताब बजारमा लोकप्रिय रहेका छन् ।
त्यसपछि साहित्यकार तथा गीतकार मुनाले आफ्नै बुवा समाजसेवी र शिक्षासेवी स्वर्गीय गोविन्द घिमिरेको नाममा बुवाले जीवनमा गरेका संघर्षलाई कथाको रुपमा ‘स्वर्गीय गोविन्द घिमिरे स्मृति ग्रन्थ’ र ‘जूनकिरीको उज्यालो’ नामक कविता संग्रह बजारमा ल्याएको जानकारी दिइन् ।
उक्त कविता संग्रह पनि कविता मन पराउने पाठकहरुबीच निकै नै लोकप्रिय रह्यो । साथै, उनले आफ्नै शब्द रचना तथा संगीत स्वरमा १० वटाभन्दा बढी गीतहरु बजारमा ल्याएकी छन । जसमा १ ‘निष्ठुरी साइँला,’ २ ‘मन परेको माया,’ ३ ‘अतितको पोका,’ ४ ‘नेपाली हौँ हामी,’ ५ ‘कस्तो छ स्वर्ग’ रहेका छन् ।
उक्त गीतमा शब्द भने साहित्यकार गणेश घिमिरेको रहेकोछ । त्यसैगरी संगीत र स्वर मुनाकै रहेको छ । त्यसैगरी मुनाका ६ ‘आमालाइ सम्झिँदा,’ ७ ‘हौँ हामी पूर्वेली,’ ८ ‘सानीको जिन्दगी’, ९ ‘एउटा प्यारो साथी’ र १० तिजै आयो’ बजारमा ल्याएको उनले सुनाइन् ।
तीलगायत गीतहरु सार्वजनिक भएका छन् भने अन्य अरु गीतहरु आउने तयारीमा रहेको जानकारी दिँदै साहित्यकार एवं गीतकार मातृका भन्छिन ‘म एक कर्मशिल नारी हुँ, म फलको आश नगरी निरन्तर साहित्य र गीती रचनामा लागिरहेको मान्छे, म चर्चाभन्दा पनि थोरै पढुन् तर मेरो रचना खोजी खोजी पढुन् भन्ने चाहन्छु, म खुशी छु, जतिले मलाई चिन्नुभाको छ, यो मुनाले राम्रो लेख्छ भनेर चिन्नुभाकोछ, म त्यसमा खुशी छु ।’
प्रतिक्रिया