काठमाडौं । नवराज भट्ट अर्थात् भट्टगुरु ज्योतिष विज्ञानको क्षेत्रमा पछिल्लो समय लोकप्रिय छन् । उनी अरुको भाग्य हेर्छन् । जन्मकुण्डली अनुसार अरुको भाग्यरेखा बताउने उनको दैनिकी हो । उनीकहाँ नेपालका चर्चित अनुहारहरु भाग्य हेर्न पुग्ने गर्छन् । चर्चित सेलिब्रेटी हुन् या नेता, व्यवसायी हुन् या पत्रकार सबैले एक पटक उनीसँग आफ्नो जन्मकुण्डली देखाउने सोच राख्छन् ।
त्यसो त उनलाई सेलीब्रेटी पनि ज्योतिषी भनेर चिन्ने गर्छन् । भट्टगुरुले पनि जन्मकुण्डली अनुसारको भाग्यरेखा बताइदिन्छन् । भाग्यरेखामा देखिएका समस्यालाई समाधानको बाटो देखाइदिने काम समेत आफूले गर्दै आएको भट्टगुरु बताउँछन् । ‘मानिसको भाग्यमा लेखिएको कुरा कसैले पनि मेट्न सक्दैन, तर त्यसको न्यूनिकरण गर्न भने पक्कै सकिन्छ’, भट्टगुरु भन्छन् ।
सानै उमेरदेखि तीक्ष्ण दिमाग भएका उनी पारिवारिक रुपमा पनि नमूना बनेका थिए । गोर्खा नगरपालिका–१ ताप्लेमा जन्मिएका उनको सानैदेखि ज्योतिषीको संगीतमा थिए । आफ्नो मामाघरका हजुरबुबा पनि ज्योतिषी भएको र त्यसैले आफूमा समेत यस विद्याप्रति चासो बढ्दै गएको भट्टगुरुले बताए । एक पटक उनी ज्योतिषीकोमा गएको बेला उनको जीवनमा भएका पूर्वघटनाहरू भनिदिएपछि उनी अचम्ममा परे । त्यो अनुभवले नै आफूलाई ज्योतिषी बनाएको उनको भनाई छ । विद्यालय अध्ययन सकेपछि उनी ज्योतिष बन्ने उद्देश्य बोकेर बनारस पुगेका थिए । ‘बनारसको काशीमा नेपाली पशुपति मन्दिर गएर यो विद्या पढेँ’, भट्टगुरुले भने, ‘त्यसपछि काठमाडौंको डिल्लीबजारमा रहेको पूर्वीय दर्शनमा पनि यसबारे अध्ययन गरेँ ।’
आफ्नो भाग्यफल अनुसार कामको सुरुवात गर्ने उदेश्य बोकेर धेरै कलाकारदेखि नेतासम्म उनको कार्यालयमा पुग्ने गरेका छन् । सामान्य मानिसदेखि व्यापारी, राजनीतिक व्यक्तित्व समेत उनको कार्यालयमा जन्मकुण्डली बोकेर पुग्छन् । फिल्म निर्देशक मिलन चाम्स, नायक सविन श्रेष्ठ, हास्य कलाकारहरू कुमार कट्टेल ‘जिग्री’ अर्जुन घिमिरे ‘पाँडे’, हरिश निरौला ‘कक्रोच’, कुसुम शर्मा ‘सकम्बरी’, हास्य कलाकार दिनेश काफ्ले, छायांकार सुदिप बराल जस्ता दर्जनौँ कलाकारहरूले उनीसँग नियमितरूपमा ज्योतिषीय परामर्श लिने गर्छन् । उनीहरुले आफ्नो दैनिकीमा सहज परिस्थिति निर्माण गर्नका लागि भाग्यफल हेर्ने गरेका छन् । भट्टगुरुका अनुसार फेस रिडिङ र हस्तरेखा हेरेर गरिने भविष्यवाणी कमै मिल्ने गरेका छन् । ‘केही कुरा मिले पनि जन्ममिति र समय अनुसार हेरेको जस्तो हुँदैन, तर बुबाआमा समानको मानिसहरू पनि आउने गर्नुहुन्छ, गुरु भनेर सम्मान दिनुहुन्छ, त्यतिखेर आफूले रोजेको विद्याले पूर्णता पाएको अनुभूति हुन्छ,’ भट्टगुरुले सुनाए । अहिले उनी मानिसको जन्ममिति र जन्म समयका आधारमा आउनेहरुका पुर्खाको बारेमा भन्न सक्ने भएका छन् ।
पैसा कमाइको लागि भन्दा पनि यो पेशा आत्मसन्तुष्टिको लागि भएको भट्टगुरु बताउने गर्छन् । ‘बुबाआमा समानको व्यक्तिले दिएको सम्मानभन्दा बढी सन्तुष्टि के हुन्छ र ?’, उनी भन्छन् । भट्टगुरुले मेघा टीभीमा ‘ज्योतिष नेत्र’ र रमाइलो टीभीमा ज्योतिष विज्ञानसम्बन्धी लाइभ कार्यक्रम ‘हेलो गुरु’ पनि चलाउँथे । अहिले भने वनस्थलीमा कार्यालय खोलेर जन्मको आधारमा अरुको भाग्य, ग्रहफल बताउने गर्छन् ।
ज्योतिषीका रुपमा छलाङ मारेका उनले धेरैको फल हेरेका छन् । उनीहरुको जन्मकुण्डलीले देखाएको बाटोमा समाधान खोजिदिएका छन् । धेरैको भाग्यफल मिलेको कारण जिन्दगीमा सुधार आएको छ । ज्योतिषीय क्षेत्रमा उनले गरेको मेहनतका कारण दर्जनौँ अवार्ड तथा सम्मान पनि प्राप्त भएका छन् । भट्टगुरुले योङ एस्टोलोजर अफ द एयर अवाड, ‘मन्दाकिनी अवार्ड’, ज्योतिषरत्न अवार्ड, पशुपतिनाथ अवार्ड लगायतका दर्जनौँ अवार्ड तथा सम्मान प्राप्त गरेका छन् । त्यस्तै भारतमा भएको ज्योतिषीय सम्मेलनमा गोल्डमेडल तथा ‘स्काव्सा इन्टरनेशनल एस्ट्रोलोजिकल एक्सलेन्स अवार्ड २०२४’ समेत प्राप्त गरेका छन् । ज्योतिषीय कर्मलाई निरन्तर अगाडी बढाउँदै लैजाने क्रममा प्राप्त गर्ने मान सम्मान आफ्नो कर्मको लागि प्रोत्साहन बन्ने गरेको उनी बताउँछन् ।
प्रतिक्रिया