बेहुली फ्रम मेघौलीले पुरस्कार दिने

काठमाडौँ । १७ असोजबाट प्रदर्शन हुने फिल्म ‘बेहुली फ्रम मेघौली’ को टिमले आकर्षक पुरस्कारसहित योजना ल्याएको छ । फिल्मकी निर्मात्री स्वस्तिमा खड्काले बेहुली हुँदाको कथा लेखेर पठाउनेलाई उपहार दिने बताएकी हुन् । २८ सेप्टेम्बरमा छाया सेन्टर काठमाडौँमा दसैँ मेला लाग्दै छ । त्यहाँ सपिङ गर्नेहरूले आफू बेहुली हुँदाको कथा लेखेर हामीलाई पठाएर आकर्षक पुरस्कार पनि प्राप्त गर्न सक्नेछन् ।

प्रतियोगीले आफू बेहुली हुँदाको अनुभव रोचक तरिकाले ३०० शब्दमा लेखेर १० असोजसम्म पठाउनुपर्नेछ । प्राप्त कथामध्ये उत्कृष्ट कथा लेख्ने लेखकलाई हाम्रो चलचित्र ‘बेहुली फ्रम मेघौली’को ग्रान्ड प्रिमियरमा निमन्त्रणा गरिनेछ । साथै चलचित्रको २ वटा टिकट पनि प्रदान गरिने समेत स्वस्तिमाले उल्लेख गरेकी छन् । यस फिल्ममा स्वस्तिमासहित निश्चल, स्वस्तिमा र विजय बराल मुख्य भूमिकामा छन् ।

फिल्ममा वसुन्धरा भुसाल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । यो उनीहरूको यो डेब्यु निर्देशकीय फिल्म हो ।

अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा श्रीमान् निश्चल बस्नेतले सघाएका छन् । फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् । नरेन्द्र मैनालीले खिचेका फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्नेछ ।

प्रतिक्रिया