धुर्मस लामो समयपछि फिल्ममा

काठमाडौँ । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लामो समयपछि फिल्ममा फर्किएका छन् । उनी झण्डै ५ वर्षपछि फिल्म ‘लाज शरणम्’ मा देखिँदैछन् । धुर्मुसले केही दिनअघि फिल्म ‘लाज शरणम्’ को केही सुटिङ गरेको जानकारी दिए । धेरैपछि फिल्मको सेटमा फर्किंदा निकै खुसी लागेको उनको भनाइ छ ।

‘यस फिल्ममा मेरो एकदम राम्रो भूमिका छ । केही दिनअघि मात्रै मेरो भागको केही सुटिङ सकेँ । अब बाँकी सुटिङ भने दसैँपछि हुनेछ’, उनले भने ।
यस फिल्मको सुटिङ यतिखेर डोल्पामा धमाधम भइरहेको छ । अन्तिमपटक २०७६ को फागुनमा कट्टेलको मुख्य भूमिका रहेको फिल्म ‘सेन्टिभाइरस’ रिलिज भएको थियो । त्यसपछि उनले श्रीमती कुञ्जना घिमिरे सुन्तलीसँगै मिलेर ‘म त मर्छु कि क्या हो’ वेब सिरिज ल्याउँदै आएका थिए ।

चर्चित टेलिशृंखला ‘सक्कीगोनी’ टिमले निर्माण रहेको ‘लाज शरणम्’ लाई कुमार कट्टेलले जिब्री ब्रोले निर्देशन गरिरहेका छन् । कुमार सीतारामकै सहोदर भाइ हुन् । सोसल कमेडी जनरामा बन्ने फिल्म आगामी महाशिवरात्रीको अवसरमा १४ फागुनबाट प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया