चिनियाँ समग्र विशेषतामा आधारित विचारलाई माओवाद भन्नु नै सरासर अबुझपना हो । यसरी नै हचुवातालले भनेको भए जुछेवाद, किमिलसुङवाद, मदनवाद भन्न सकिन्थ्यो होला । स्वयं माक्र्सले माक्र्सवाद नभन्न सुझाउनुभएको थियो । तर, यहाँ त प्रचण्डपथ भन्दै व्यक्तिको गर्नु देवत्वकरण गरियो । देशमा अरू अपार धन र जनको संहार भएको भए प्रचण्डवाद पनि भन्न सक्थे होलान् । मैले त सुरुदेखि नै सुनिश्चित र सुविचारित सिद्धान्त र विचारबिनाको कथित पार्टी ठानेको हो माओवादीलाई ।
झट्ट हेर्दा लेखकमाथि खतबात लाग्ने यस लेख माओवादी, एमाले र नेपाली कांग्रेस पार्टीका कमजोरीमा केन्द्रित छ । पूर्वमाओवादी, पूर्वएमालेका रूपमा चिनिएका हाल विश्लेषक भनेर बहुप्रचारित तथानामे विचारकलाई पनि कन्सिरी नै तात्ने गरी चटनी चटाउनु पनि छ । पहिले माओवादी पार्टीबाट यस लेखको उठान गरौँ ।
सार्वभौम र सार्वकालिक दर्शनिक, सैद्धान्तिक, सांगठनिक र सिर्जनाका कारण माक्र्सवाद वाद बनेको हो । कसैले बनाएर वाद बन्दैन । तर चिनियाँ समग्र विशेषतामा आधारित विचारलाई माओवाद भन्नु नै सरासर अबुझपना हो । यसरी नै हचुवातालले भनेको भए जुछेवाद, किमिलसुङवाद, मदनवाद भन्न सकिन्थ्यो होला । स्वयं माक्र्सले माक्र्सवाद नभन्न सुझाउनुभएको थियो । तर, यहाँ त प्रचण्डपथ भन्दै व्यक्तिको गर्नु देवत्वकरण गरियो । देशमा अरू अपार धन र जनको संहार भएको भए प्रचण्डवाद पनि भन्न सक्थे होलान् । मैले त सुरुदेखि नै सुनिश्चित र सुविचारित सिद्धान्त र विचारबिनाको कथित पार्टी ठानेको हो माओवादीलाई । पिँध भनेको कुनै पनि पार्टीको दूरदर्शी विचार र दृष्टिकोण नै हो । यो लेखकले माओवादीलाई पिँधबिनाको लोटा ठानेको हो, र छ ।
‘जता मल्खु उतै ढल्कु’ भनेझैँ जता जेभन्दा आफू र आफन्तको हित हुन्छ त्यही भन्ने गर्ने चरित्रहीन स्वभाव देखिन्छ । कोसी प्रदेश नामकरण पक्षमा सही छाप र ल्याप्चे लगाउने महान प्रचण्ड अहिले त्यसका विरुद्ध कडा रूपमा उत्रिएको देख्दा लाज नै लजाउँछ । यस्ता धेरै लाज, घीन र सरम पचाउन सक्ने महान् क्षमता प्रचण्डमा देखिन्छ । आजका मितिसम्म यो पार्टी ‘खोदा पहाड निक्ला चुहा’को अवस्थामा देखिन्छ । अनेक खालका सामाजिक भेदभाव, उपेक्षा र अपमानका विरुद्ध जागरण अभियान र आन्दोलनबाट सुधार गर्न सकिन्छ यसका लागि रगतको खोलो बगाउनै पर्ने थिएन । पिलो चिर्न तरबार प्रयोग गर्नै पर्दैनथ्यो । यस्तै नकाम गरेर ‘जनयुद्ध’का नाममा देश र जनतालाई सयवर्ष पछि धकेल्ने काम गर्नै पर्ने थिएन ।
माक्र्सवादले रहर र लहडका भरमा रक्तपात मच्चाउनु कहाँ भनेको छ ? बरु सकेसम्म कमभन्दा कम क्षतिबाट समाज परिवर्तन गर्ने उच्च सोच माक्र्सवादको देखिन्छ । कुनै पनि समाज र मानिसलाई शान्तिपूर्ण रूपमा परिवर्तन गर्न सकिन्छ भने त्यसमा पटक्क कुनै ध्यान नदिई हत्तरपत्त जनताको घाँटी रेट्न हतारिनुपर्छ र ? माओले नै पनि माक्र्सवादको गहन अध्ययन गरेर माक्र्सवादी बन्नुभएको हो । राजशाही निरंकुश पञ्चायत कालमा देश र जनताका विरुद्ध कुनै खाले जागरणमूलक कोठे गोष्ठी, भेटघाट र छलफल पनि गर्न नपाउने अवस्था थियो । यसरी सबै बाटा बन्द भएका अवस्थामा झापालगायत विभिन्न ठाउँमा विद्रोह भए । तर २०५१ सालमा त धनकुटा जान पिचबाटो, ग्राबलिङ बाटो हुँदाहुँदै जानीजानी ज्यानमारा अक्कर र रागेभीरतिर हाम्फाल्नु पथ्र्यो र ?
यसरी सशस्त्र संघर्ष रहर र लहडको विषय बनाउँदा देशमा अपार धन र जनको क्षति भयो । जनयुद्ध भने पनि त्यो वास्तविकमा ‘जनयुद्ध’ किमार्थ थिएन । महान् जनयुद्ध थियो भने त्यसका लागि त आफैँ कुर्वान हुन तयार हुनुपथ्र्यो । महान् जनयुद्धका नाइके प्रचण्डले भारतका विरुद्ध कुनै र केही काम गर्दैनौँ भनेर तमसुक गरेको यस देशलाई थाहा छ । हिन्दी सिनेमा नेपालमा प्रतिबन्ध लगाउने उद्घोष गरेर आरम्भ गरेको माओवादी युद्ध भारतका विरुद्ध सुरुङ युद्ध गर्न तम्सियो । सैद्धान्तिक वैचारिक छलफल, अन्तर्किया र बहस गरेर सच्चा कम्युनिस्ट बन्न सक्ने र देशभक्त लोकतान्त्रिक बन्न सक्ने जनताको अगुवा पंक्तिलाई मर्न र मार्न उक्साइयो ।
डा.बाबुृराम भट्टराईको एक अडियो क्लिपबाट यसको पुष्टि हुन्छ । यो कुरा माओवादीको सहिद पंक्तिमा लामबद्ध बनौँ भन्ने कथित नाराबाट स्पष्ट हुन्छ । पूर्व राजा ज्ञानेन्द्रसित मिलेर नेपालका प्रमुख पार्टीलाई निषेध गर्ने प्रचण्डको प्रस्तावबाट ज्ञानेन्द्र नै झस्केका थिए । प्रमुख पार्टीलाई निषेध गर्ने प्रचण्डले आफूलाई के बाँकी राख्ला भन्ने ज्ञानेन्द्रलाई परेपछि उक्त सहमति टरेको रहेछ । आफ्नै राजनीतिक गुरु मोहन वैद्यलाई कित्रिम मुद्दा उठाएर पार्टीगत उपल्लो हैसियतबाट घटुवा गरेर पद हडप्ने चिन्तन, चरित्र र सिद्धान्तका धनी हुन् प्रचण्ड ।
उतिबेला प्रचण्डले प्रतिक्रियावादी प्रजातन्त्र र साम्राज्यवादी बहुदल भनेकै हुन् । ५ हजारचाहिँ मैले मारेको भनेर खुल्ला उद्घोष उनैले गरेका हुन् । फरक मत राखेकै कारण बाबुरामको ज्यान लिन तयार पनि प्रचण्ड भएकै हुन् । २०६२÷०६३ को सम्झौताका विरुद्ध बन्दुक उठाउन कार्यकर्तालाई उक्साउने पनि उनै हुन् । जातैपिच्छे राज्य बाँड्दै हिँड्ने र जातीय भड्काउ आन्दोलन गरेर देशलाई गृहयुद्धमा धकेल्न उद्यत प्रचण्ड नै हुन् । कथित जनयुद्धको नामबाट निरपराध र निर्दोष जनताको अगुवा तह र तप्कालाई छाला काढेर, हातखुट्टा भाँचेर, उँधोमुण्टो पारेर र परिवारका सामु घाँटी रेटेर निर्मम हत्या गर्ने र गराउने प्रचण्ड नै क्रूरतम नरसंहारी गतिविधिलाई उत्साहित गर्ने पनि उनै हुन् । त्यसैले प्रधानमन्त्री हुँदा जबर्जस्ती रूपमा ‘जनयुद्ध’ दिवस मनाउने निर्णय गरे ।
सीमान्तीकृत तथा भुइँ तहका जनताको हितलाई सर्वोपरि राख्छु भन्ने प्रचण्ड आफ्ना नाता, गोता र भएभरका आफन्तलाई मात्रै मन्त्री, माननीयलगायत कुस्त सेवा सुविधा प्रदान गरेकै हुन् । बारबार परीक्षित हुँदा गर्दा भरपर्दा नदेखिए पनि एमाले र ओलीले उनलाई सुध्रने अन्तिम मौका दिएका थिए, तर पुर्खाहरूले भनेझैँ गुहु पुछेको टालो काम लागेन । सिद्धान्तका आधारमा चुनौती दिने अवस्था नरहेपछि नेपालीलाई बन्दुके धमास र धम्की प्रचण्डले दिइरहेका छन् । कलम भए कलम अगाडि सथ्र्योहोला नभए पनि ठुटेकलमलाई नै उनी झट्टी प्रयोग गरिरहेका छन् ।
सारमा प्रचण्ड देश र जनताका हितमा अहिले पनि छैनन् । उल्टो देशलाई भड्खालमा हाल्न उनी उद्यत देखिन्छन् । तर प्रचण्डका पछि लाग्ने सिधासादा, इमानदार नेता र कार्यकर्ताप्रति कुनै गुनासो छैन तर अहिले पनि दुई खुट्टा टेक्ने मानिसले उनैको पुच्छर हुनुचाहिँ किमार्थ सुहाएन । माओवादी नामको हत्या र हिंसाका लहरका कारणले गाउँ वस्ती खाली भए र माओवादीबाट ज्यान जोगाउन बाध्यताबस अत्यधिक नेपाली युवा बिदेसिए ।
सबै खालका यतिविध्न दुर्दशा र चरम दयनीय अवस्था देखेर पनि उहिल्यैदेखि प्रचण्डका पछिपछि लागेर विध्नै खालको पछुतो गर्नेहरूमा पूर्व माओवादीका सचेत राजनीतिक प्राणीको कुरा देख्दा र सुन्दा भारी आश्चर्य र उदेक लाग्छ । अन्तर्राष्ट्रिय स्तरका विविधि विषयको विश्लेषण गर्ने भरत दाहाल नेपालको सन्दर्भमा एकलकाँटे, चरम आग्रही र द्वेषयुक्त विचार प्रवाह गर्छन् । कसैका पनि सकार पटक्क नदेख्ने दाहालमा उग्रवाद अहिले पनि व्याप्त देखिन्छ । उग्रवाद चरम दक्षिणपन्थी अवसरवादको गर्तमा जाकिन्छ भन्ने उदाहरण राजतन्त्र चाहने दाहालसित ठ्याम्मै मिल्छ ।
जनताको घाँटी रेटेर साम्यवाद ल्याउन आतुर भई प्रचण्डका पछिपछि आँखा चिम्लेर लागेर पछुताउने मुमाराम खनालको शुद्धिबुद्धि यसै थाहा हुन्छ । उनी अहिले फुर्सदमा खुब पछुतो गरिरहेका छन् । अब पनि प्रचण्डका पछि लाग्नेहरू अरू धेरै पछुताउने दिन धेरै टाढा छैन । ओलीको आवश्यकता अनुसारको लामो अभिव्यक्तिलाई बकम्फुसे गफ झैँ ठान्ने खनाल ओलीको बहुआयामिक बौद्धिकताका अगाडि साह्रै विरीह बबुरा प्राणी हुन् । अर्का बरिष्ट वकिल छन् प्राडा युवराज संग्रौला जो टिके प्रधानमन्त्री बनाउन विगतमा ज्युज्यान दिएर लागे । उनले देशमा अस्थिरता र भारी अन्यौलमा देशलाई पु¥याउन न्वारानदेखिको बल लगाएकै हुन् । यस्ता विकाउ कालाकोटहरू नै देशलाई खरानी पार्न उद्यत देखिए ।
अर्का खतिवडा थरि पूर्वएमाले छन् । पेरुभियाली गोन्जालो पथका उग्रवादी युवा धङधङीसहित उनी एमाले प्रवेश गरेका थिए तर उनी एमाले र ओलीविरुद्ध तथानामे विरोध मात्र होइन माक्र्सवादविरुद्ध नै जेहाद छेडिरहेका छन् । उग्रवादको पतनको यो एउटा ज्वलन्त उदाहरण हो । तर, एमाले देश र जनताका हितमा नमु्ना काम गरेको पार्टी हो । अरू कुनै पार्टीभन्दा यही पार्टीले देश र जनताका हितमा काम गर्छ भन्ने विश्वास कामबाट नै देखाएको थियो र छ । बारबार जनताबाट परीक्षित यो पार्टी सैद्धान्तिक दृष्टिले अत्यन्त उत्कृष्ट छ । बरु यसले तय गरेको जबज सिद्धान्तअनुसार अझै काम धेरै मिहिनेत गर्नुपर्छ । र त्यसका लागि पार्टीलाई शुद्धीकरण र सुदृढीकरण नगरी हुँदैन । नौ महिने जनताको मन जित्ने नमुना सरकार र ओली नेतृत्वको सरकारले गरेका देश र जनताको सर्वोपरि हितका कामहरू अत्यन्त सकारात्मक उल्लेखनीय छन् ।
तर स्यालहुइयाँले ती कामहरू ओझेल पार्न खोजेको देखिन्छ । यसका विरुद्ध मेची–काली सिर्जनात्मक जागरण अभियान सुरु गर्ने हो देशी विदेशी स्यालहरू तत्काल थला पर्छन् । एमाले एउटै ताल, सुर र लयमा हिँड्ने हो भने एमाले विरुद्धका तथानामे प्रतिक्रियाहरू तुरुन्तै सेलाउँछन् । आफ्ना देश जनताका हितका उल्लेखनीय नमुना कामहरू लोली मिलाएर भन्न नसक्नु एमाले भित्रको हुस्सुपना हो । सत्य स्थापित गर्नुपर्छ भन्ने पनि नबुझ्नेलाई हुस्सुमान भन्दा हुन्छ । मदनले झैँ बरब्यवहार र सामाजिक सम्बन्ध निकट हुनुपर्छ कुरा काटेकै आधारमा मान्छे काट्नेजस्तो कथित जनयुद्ध गरेझैँ गर्न हुन्न तर सैद्धान्तिक वैचारिक र देश जनताका हितको विकास निर्माणका कामका बारेमा निर्मम बहस गर्नुपर्छ । माओले भनेझैँ आलोचना पनि तीखै गर्नुपर्छ । पार्टी र मोर्चा संगठनहरू दृढ इच्छा शक्तिका साथ लागिपर्ने हो भने एमालेले गरेका सबै कामहरू आम जनसमक्ष छर्लंग पार्न सकिन्छ ।
नेपालको संविधान (२०७२) तयार गर्न र यसलाई जारी गर्न एमालेले निर्वाह गरेको भूमिका र योगदान स्वर्णाक्षरले लेख्न लायक छ । यो संविधान जारी नभएको र जारी भए पछिका तमाम भड्काउ हर्कतलाई वैचारिक अभियानमार्फत् निस्तेज गरिएको थियो । यसो नगरिएको भए यो देशको अस्तित्व नै गम्भीर संकटमा पथ्र्यो । नेपालको तराई र मधेसभरि अपने अगनियाँ मे होगइल परदेशिया, अर्थात् हामी आफ्नै घर आँगनमा परदेशी हुने भयौँ । अब हामी तराईबासी सबैलाई नेपालबाट खेदिन्छ भन्ने प्रलाप एमालेकै कारण असफल पारिएको थियो ।
प्रतिक्रिया