खोज्दै जाँदा हामी नेपाली जाति र नेपाली भाषामा रहेका विदेशी हिमालहरु पनि त होलान् नि, अन्य देशमा ? कि कसो हौ ? हो, यस बारेमा केही चर्चा गरौं । किनभने, शीर्षक नै ‘विदेशमा पनि ‘‘गोर्खा’’ नाम गरेको हिमाल छ ?’ भनी राखिएको जो छ । हो, युरोप महादेशको स्वीट्जरल्यान्ड भन्ने देशमा ‘गोर्खाचुली’ नाम गरेको एक ‘हिमाल’ रहेको छ ।
उपनिवेशबाट मुक्त भएका विश्वका धेरै देशका सरकार र जनताहरुले आ–आप्mनो देशभित्रका स्थान विशेषका नामहरु फेरेर साविककै नाम राख्न थालेका छन् । आप्mनो देशमा शासन गरेका विदेशीहरुले राखेका नामहरु फर्ने प्रचलन बढेको देखिन्छ । यो कार्यमा केही देशका राजनीतिक दलका नेताहरुले राष्ट्रवादको कडीका रुपमा प्रयोग गरेर सत्तामा पुग्ने भ¥याङ बनाउने गरेका छन् । इतिहास हेर्दा उपनिवेश बनाउने देशहरुले भाषा र आप्mनो शासक अथवा प्रसिद्ध व्यक्ति वा धार्मिक नामहरु राखेको थिए ।
साविकको नाम पुनस्र्थापना गर्ने यस मामिलामा सात दशक अघि उपनिवेशमुक्त भारत अलि अगाडि रहेको देखिन्छ । त्यस्तै गरेर आधा भूगोल युरोप महादेश र आधा भूगोल एसिया महादेमा पार्ने ‘टर्की’ भनी चिनिने देशले गत वर्ष आप्mनो देशको पुरानो नामलाई स्थापित गरेर । ‘तुर्किएँ’ नै राखेको छ । अब संयुक्त राष्ट्र संघको आफ्नो आधिकारिक सूचीमा टर्कीलाई टर्की नभनी, नलेखी ‘तुर्किएँ’ लेखिने गरेको छ ।
त्यस्तै छिमेकी देश भारतको कुरो गर्दा ‘पश्चिम बंगाल’को राजधानी विगतमा कलकत्ता रहेको थियो भन्ने त हामीमध्ये धेरैलाई थाहा छ । तर, अहिले ‘कलकत्ता’ नाम फेरेर ‘कोलकाता’ बनाईएको । त्यस्तै अहिले ‘चेन्नई’ भनेर चिनिने सरहको नाम पनि पहिले ‘मद्रास’ रहेको थियो । उता महाराष्ट्रको राजधानी मुम्बई’को नाम पनि विगतमा ‘बम्बई’ रहेको थियो । त्यसै गरिकन दक्षिणपूर्वी एसियाली देशमा रहेको ‘बर्मा’ अहिले ‘म्यान–म्याँमार’ भएको छ । अनि ‘म्यान–म्याँमार’को राजधानीको नाम रंगुनलाई ‘याँगनु–यांगुन’लाई ‘ बनाईएको छ । स्मरणीय छ, म्याँमारले पछिल्लो पटक ‘यांगुन’लाई पनि विस्थापित गरेर नयाँ राजधानी ‘न्यापिडी–न्यापिडीए’ नामक नयाँ सहरमा स्थापित गरेको छ
त्यस्तै अंग्रेजी भाषाको त कुरै नगरौं । किनभने ज–जसले जेजे भने तापनि अहिले आएर विश्वभरिकै मानिसहरुले वैकल्पिक रुपमा बोल्ने भाषा ‘अंग्रेजी’ भएको छ । त्यस्तै वेशभुषाको कुरो गर्दा ‘कोट’कै कुरो गरौं । आजका दिनमा जुनसुकै देशका जति नै राष्ट्रवादी हुँ भन्ने मान्छेहरुले पनि आप्mनो जीवनमा एक पटक ‘कोट’ लाएकै हुन्छ । जबकि ‘कोट’ लगाउने सुरुवात ‘अंग्रेज’हरुले नै गरेका हुन् भन्ने आम बुझाई रहेको छ । यो बुझाई सत्य हो–होइन ? जाँच—परख गर्ने काम चाहिँ विज्ञ पाठक महानुभावहरुले नै गर्नु होला । माथिको छोटो प्रसंग किन लेखेको हो भने, हाम्रो देशमा पनि धेरै हिमालका नाम विदेशी भाषामा रहेका छन् ।
विदेशी भाषामा पनि अंग्रेजी भाषामा नाम रहेका हिमाल अलि धेरै छन् । त्यसो त अंग्रेजी भाषाबाहेक फ्रेन्च, जर्मन, जापानीज, चिनियाँ, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि नेपाली हिमालका नाम रहेका छन् भने, हिन्दु देवीदेवताका नाममा रहेका हिमाल पनि निक्कै धेरै छन् । केही हिमालका नाम स्वदेशी तथा विदेशी प्रसिद्ध व्यक्तिहरुका नाममा पनि रहेका छन् । जस्तोे ‘–सगरमाथा’ हिमालकै उदाहरण लिऊँ । सो हिमाललाई आदि–अनादि कालदेखि स्थानीयहरुले ‘चोमोलुङमा’ भन्थे । तर विडम्बना के थियो भने, त्यो वेला आजको जस्तो सुूचना, सञ्चार र प्रविधिको विकासले जगजगी मच्चाएको जमाना थिएन । त्यसैले सगरमाथाकोे दक्षिणतर्पm बस्ने, बसेका आदिवासी जनजातिहरुले आप्mनो मातृभाषाको नाम ‘चोमोलुङमा’लाई चीनले आफ्नो ब्राण्ड बनायो । अंग्रेजहरुले एभरेष्ट राखे । नेपालले सगरमाथा राख्यो । भारतले आफ्नै नाम राखेको छ ।
यो लेखमा त्यस्ता केही उदाहरणहरु दिइएको छ । जस्तै पूर्वको कञ्चनजंघा क्षेत्रमा रहेको ‘किरात चुली’लाई आजभोलि ‘टेन्ट पिक’ भन्ने गरिन्छ । हुनत कञ्चनजंघा हिमाललाई लिम्बु जातिले आप्mनो भाषामा ‘सेवालुङ’÷‘सेन्छेलुङ’ भन्छन् । त्यस्तै नेपाली भाषामा कुम्भकर्ण भनिने हिमाललाई लिम्बु जातिले ‘फक्ताङलुङ’ भन्छन् । यो हिमाललाई लिम्बुलगायत किरातीहरुले आप्mनो आराध्यदेवको रुपमा पनि पुज्ने–मान्ने गर्छन् । तर, अधिकांश विदेशीहरुले भने उक्त हिमाललाई फक्ताङलुङ वा कुम्भकर्ण नामले भन्दा पनि ‘जान्नु हिमाल’ भनेर चिन्दछन् । त्यस्तै खुम्बु क्षेत्रमा केही हिमालको नाम विदेशी भाषामा रहेका छन । जस्तो कि, आईल्यान्ड पिक, पिक–२९ आदि । त्यस्तै गरेर लाङटाङ हिमाल क्षेत्रमा चाहिँ मोरीमोतो नामको हिमाल र अर्को चाहिँ स्काउटका जन्मदाता बाडेन पावेलको नाममा ‘बाडेन पावेल हिमाल’ रहेको छ । ‘बाडेन पावेल’को खास नाम ‘उर्कीमा’ रहो ।
खोज्दै जाँदा हामी नेपाली जाति र नेपाली भाषामा रहेका विदेशी हिमालहरु पनि त होलान् नि, अन्य देशमा ? कि कसो हौ ? हो, यस बारेमा केही चर्चा गरौं । किनभने, शीर्षक नै ‘विदेशमा पनि ‘‘गोर्खा’’ नाम गरेको हिमाल छ ?’ भनी राखिएको जो छ । हो, युरोप महादेशको स्वीट्जरल्यान्ड भन्ने देशमा ‘गोर्खाचुली’ नाम गरेको एक ‘हिमाल’ रहेको छ । पहिलो र दोस्रो विश्व युद्धमा बेलायती पक्षबाट लड्दा विभिन्न युद्ध मोर्चामा बहादुरीका साथ नेपालीहरुलाई नै ‘बहादुर, गोर्खा, गुर्खा, गुर्का’ आदि नामले चिनिने गरिन्छ, अभैm पनि । साथै ‘नेपाली भन्ने बित्तिकै गोर्खाली र गोर्खाली भन्ने बित्तिकै नेपाली’ भन्ने पहिचान बन्यो, स्थापित भयो ।
हुनत पछिल्लो पटक आएको समाचारहरुमा जनाईएअनुसार काठमाण्डौ महानगरपालिकाले तदारुकताका साथ काठमाण्डौको भित्री सहरका पुराना नामहरुलाई स्थापित गर्ने, लिखिति रुपमै सडक र गल्लीहरुमा लेख्ने, लेखाउने क्रमलाई तीब्रता दिएको छ । यसका लागि तीन भाषालाई महत्व दिईएको छ । पहिलोमा ननेपाल भाषा, दोस्रोमा नेपाली भाषा र तेस्रोमा अंग्रेजी भाषा ।
यसरी गाउँ, ठाउँ, सहर, बजार, देश आकिो नामहरुका सम्बन्धमा डाक्टर हर्क गुरुङले भने–लेखेअनुसार पहिले बसीरहेका मानिसहरुका बिचमा जब दोस्रो वा तेस्रो पटक अथवा पछि आएर बस्नेहरुमध्ये जुन शक्ति प्रभावशाली हुन्छ, राज्य शक्तिमा पुग्छ उनीहरुले आफ्नो भाषा, वेषभुषा, चालचलन, रीतिथिति, संस्कार, संस्कृति, चाडबाड प्रथा, परम्परा आदि अन्य जातजाति, समुदाय, समूह, वर्ग आदिलाई लाद्न वा लाद्न खोज्नु अनौठो होइन ।
गुरुङका अनुसार सन् १९१४–१६ मा भएको पहिलो विश्व युद्धभन्दा २० वर्ष र सन् १९४१–४५ मा भएको दोस्रो विश्व युद्धभन्दा लगभग ४४ वर्ष पहिले नै अर्थात् सन् १८९४ मै नेपालका कुनै हिमाल विदेशीले नचढ्दैका वेला नेपालका करवीर बुढाथोकी र हर्कवीर थापाले युरोपको आल्पस पर्वतमालाको एक हजार माइल चाहारेर स्वीट्जरल्यान्डमा पर्ने एक अज्ञात चुली चढेका थिए । पछि सो चुलीको नाम ‘गोर्खाचुली’ राखिएको थियो । हो, खोज्दै जाँदा हामी नेपाली जाति र नेपाली भाषामा रहेका विदेशी हिमालहरु पनि त होलान् नि, अन्य देशमा ? कि कसो हौ ?
प्रतिक्रिया